फिस्लिङमा भएको सवारी दुर्घटनामा आठको मृत्यु २२ घाइते

चितवन, २०७४ मंसिर १३ । ईच्छाकामना गाउँपालिका–३ फिस्लिङमा काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु.२ ख २९१ नम्बर यात्रुबाहक बस बुधबार ओभरटेक गर्ने क्रममा ना.६ ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किन गई त्रिशुली नदीमा खसेर दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

दुर्घटनामा बसमा सवार ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको थियो भने बस चालक कपिलबस्तुको भृकुटी नगरपालिका–९ बस्ने ४० वर्षीय थमबहादुर क्षेत्री लगायत ९ जना पुरानो मेडिकल कलेज भरतपुरमा, ५ जना नर्भिक अस्पताल काठमाडौं र ४ जना बिएण्डबि अस्पताल काठमाडौं लगिएकोमा उपचारको क्रममा ४३ वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
अन्य ५ जनालाई समेत उपचारको लागि काठमाडौंतर्फ लगिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *