Menu

रिघा स्वास्थ्य चौकीको जग्गा खरीद गर्न ५ लाख सहयोग, व्यवस्थापन समिति पुनर्गठन !

कमल पौडेल, बागलुङ २०७४ मंसिर १३ । गल्कोट नगरपालिका वडा नं. ११ मा रहेको रिघा स्वास्थ्य चौकी व्यावस्थापन समितिको आज एक कार्यक्रमका विच पुनर्गठन गरिएको छ। नव गठित व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष समेत रहेका डम्वर वहादुर श्रीस, उपाध्यक्षमा रन वहादुर राना, सदस्य मन कुमारी नेपाली, क्यूमाया पुन, दामोदर शर्मा, सदस्य सचिव एच ए हरि थापा, तथा वडा सचिव कर्म प्रसाद गौतम रहेका छन्।

त्यस्तै स्वास्थ्य चौकीको संरक्षकमा गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरे रहेका छन्।

कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणको लागी जग्गा खरिदको लागी ५ लाख नगद सहयोग गर्ने हंङकङ तथा वेलायतमा रहने दिपक काउचा, भिम वहादुर श्रीस र टेक वहादुर श्रीसलाई सम्मान गरिएको थियो।

सम्मानित व्यक्तित्वको संयोजनमा सो रकम संकलन गरिएको थियो। कार्यक्रममा गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचा, वेलायत वासी प्रतिनिधि दिपक काउचा, प्रगतिशील भूपू सैनिक संधका अध्यक्ष भिम वहाुदर श्रीस, टेक वहादुर श्रीस टिका, वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्य, कृषि प्रसार अधिकृत विप्लब अधिकारी, जिल्ला समन्वय समितिका सदस्य रुपा विश्वकर्मा, निवर्तमान गाविस अध्यक्ष होम वहादुर श्रीस, उपाध्यक्ष गंगा भुजेल, रत्न लक्ष्मी मावि का प्राचार्य दामोदर शर्मा, वडा सदस्य दल वहादुर वुढाथोकी, माओवादी केन्द्रका नर वहादुर घर्ति, युवा तथा खेलकुद विकास समितिको दान वहादुर श्रीस, समाजसेवी संकर प्रसाद पुन, महिला स्वास्थ्य स्वयं सेविका खगिकला खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वडा अध्यक्ष डम्वर वहादुर श्रीसको अध्यक्षता, एच. ए. हरि वहादुर थापाको स्वागत मन्तव्य तथा अहेब डिल वहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।

यसैवीच प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, अन्तर्गत जिल्ला कृषि विकास बागलुको आयोजनामा गल्कोट नगरपालिका वडा नं. ११ मा मकै खेति सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला कृषि सेवा कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्य, कृषि प्रसार अधिकृत विप्लब अधिकारी लगाएतले सहजिकरण गरेको कार्यक्रममा सिर्जनशील कृषक समुहका मकै पकेट कार्यक्रम संचालन गर्ने २५ जना कृषकहरुको सहभागिता रहेको थियो। कार्यक्रम वडा अध्यक्ष डम्वर श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो।

यस्तै,मुसिकोट नगरपालिका वडा नं. १ घर भै हाल खर्वाङ वस्दै आएका डिला गिरिले त्रिभुवन मावि खर्वाङलाई नगद १० हजार १ सय तथा जनज्योती मावि पौदी अरेवालाई नगद १० हजार सहयोग प्रदान गरेका छन् ।

१९ वर्ष खर्वाङमा व्यवसाय गरि वस्दै आएका गिरिले काठमाडौं जाँदै गर्दा सो सहयोग रकम हस्तान्तरण गरेका हन्। गिरीको परिवार अव काठमाडौं वस्ने परिवारले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *