Menu

पण्डवखानीका ९४ वर्षिय श्रीसको सपना पूरा !

सुरेश छन्त्याल, गल्कोट २०७४ मंसिर १३ । बागलुङको गल्कोट नगरपालिका- १० पाण्डबखानीमा ९४ वर्षिय चन्द्रवीर श्रीसको सपना पूरा भएको छ। उनले प्रतिनिधी एवं प्रदेश सभा सदस्यको निर्वाचनमा भोट हालेर मर्छु भनेर उदघोष गरेका थिए । नभन्दै मंसिर १० गते मतदान गरे अनि हिँजो कूलपूजा सक लगत्तै उनको निधन भएको थियो ।

उनी भारतीय सेनाको ६ जेआरमा भर्ति भएर पेन्सेनमा निस्किएपछी पाण्डबखानीमा हुलाकका कार्यरत थिए।

३ छोरा र २ छोरीका पिता श्रीसको जन्म १९८० मंसिर १० गते पाण्डबखानीमा भएको थियो। उनी नेपाली काग्रेसमा आवद्ध थिए ।

बागलुङ क्षेत्र नम्बर २ का प्रधिनिधी सभा सदस्यका उमेदवार एवं पूर्व सांसद नरबहादुर पुन निरजले उनको निधन प्रति गहिरो शोक व्यक्त गर्दै आफु र नेपाली काग्रेसको एउटा सदस्य गुमाएको भन्दै घर परिवार प्रति इश्वरले धैर्य धारण गरुन् भन्दै पार्टीको भmण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *