समाजसेवी एवं पूर्व प्रहरी संघका केन्द्रिय सदस्य थापाको निधन

गल्कोट २०७४ मंसिर १२ । लामो समय प्रहरी सेवामा रहेका गल्कोट नगरपालिका ९ मल्मका समाजसेवी एवं पूर्व प्रहरी संघका केन्द्रिय सदस्य ओमबहादुर थापाको निधन भएको छ ।

नेपाली काँग्रेस मल्मका सल्लाहकार, भैरव मावि मल्मका व्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहनु भएका समाजसेवी थापाको ८६ बर्षको उमेरमा निधन भएको हो ।

गल्कोट नगरपालिका ९ मल्मका वडा अध्यक्ष तेजबहादुर थापा, पूर्व गाविस अध्यक्ष पदमबहादुर थापा र ओभरसियर शमसेर थापाका पिता थापाको पार्थिव शरीरमा नगरप्रमुख भरत गौतम, धौलागिरि अञ्चल अस्पतालका अध्यक्ष मञ्जेशवम मल्ल, काँग्रेसका वडा सभापति यज्ञप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख अर्जुनध्वज अधिकारी लगाएतले नेपाली काँग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रमको संचालन नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति घनश्याम गौतमले गरेका थिए । स्व. थापाका ३ छोरा र २ छोरी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *