Menu

लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान त्रिदिवसीय कार्यक्रमको आयोजना गरि मनाइने

कोपिला कंडेल, बागलुङ्ग २०७४ मंसिर १२ । लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान यसवर्ष पनि शुरु भएको छ । नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाउने गरिएको यस अभियान प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका कारण यस वर्ष त्यती प्रभावकारी हुन सकेको छैन ।

यसवर्षको लैङ्गिक हिसां बिरुद्धको अभियानको राष्ट्रिय नारा लैङ्गिक हिसां बिरुद्ध सबै जुृटौ, कोही नछुटौ रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख डिल कुमारी शर्माले जानकारी दिईन् । यसवर्ष १६ दिने अभियानलाई सफल बनाउनका लागि जिल्लामा बिभिन्न त्रिदिवसीय कार्यक्रम गर्ने निर्णय भएको छ ।
महिला बिकास अधिकृत डिल कुमारी शर्माको अध्यक्षता र बिभिन्न महिला सम्बद्ध सघंसंस्था र पत्रकारको सहभागितामा मंगलबार बसेको बैठकले आगामी मंसिर १९ गते जिल्लामा क्रियाशील राजनितिक दल, कार्यालय प्रमुख र पत्रकारको रोहवरमा महिला सरोकारका बिषयमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाल महिला सघंका अध्यक्ष एबं महिला अधिकारकर्मी शकुन्तला शर्माले जानकारी दिईन ।
त्यसैगरी मंसिर २० गते मानव सेवा आश्रममा बिहान ८ बजे र दिउसो २ बजे निरय घाटमा रहेका ज्यष्ठ नागरिकलाई खाद्यान्न सामग्री हस्तान्त्रण गर्ने कार्यक्रम तय गरिएको अधिवक्ता एबं महिला अधिकारकर्मी ममता देबी शर्माले जानकारी दिईन् ।

कार्यक्रम बागलुङ नगरपालिका र सुआहारा परियोजना लगायतले सहयोगमा सम्पन्न गर्ने निर्णय भएको महिला बिकास कार्यालय बागलुङले जनाएको छ ।

सो अवसरमा नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य मना केसी, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कुशुम बुढा, बागलङु नगरपालिका वडा नम्बर ३ की अध्यक्ष एबं महिला अधिकारकर्मी लक्ष्मी बास्कोटा, कार्यपालिका सदस्य लक्ष्मी बोहोरा र स्वास्थ्यकर्मी देबी भट्टराई लगायतले जिल्ला स्थित सबै सरकारी तथा गैरसरकारी कार्यालय महिला मैत्री हुनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन महिला तथा बालबालिका कार्यालयका निरिक्षक सरस्वती देबी रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *