विमान दुर्घटनामा परी ७ जना घाइते

हुम्ला, २०७४ मंसिर १२ । सिमिकोटबाट सुर्खेतको लागि उडेको तारा एयरको नाइनएन–एबिएम विमान मंगलबार सिमिकोट बिमानस्थलमा टेकअफ हुने क्रममा धावनमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा विमानमा सवार ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बिमान चालक कास्की पोखराका ३५ वर्षीय अबिन्द गुरुङ्ग, सहचालक काठमाडौंका ३४ वर्षीय बसन्त लामा, एयर होस्टेज सुर्खेतकी २५ वर्षीया श्रीया श्रेष्ठ तथा निर्वाचन सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकहरु किशोरसिंह ऐरी, चित्रबहादुर विष्ट र अमृत बराल तथा प्रहरी जवान यामप्रसाद दाहाल रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा चालक दलका ३ जना र गम्भीर घाइते प्रहरी जवान यामप्रसादलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *