हटियामा निजी कार दुर्घटना, तीन जना घाईते

गल्कोट, २०७४ मंसिर १२ । गल्कोट हटियाबाट नरठाँटी जाँदै गरेको बा १४ च ८४८२ कार बिध्युत पोलमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनाग्रस्त निजी कारमा ३ जना सवार थिए । गल्कोट धुस्तुङका बबी भण्डारी सहित ३ जना घाईते भएका छन् । घाईते भण्डारी बाहेक अन्यको अवस्था सामान्य रहेको बताईएको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार ठोक्किदा बिध्युत पोल ढलेकोले सवारी आवागमनमा समस्या देखिएको छ । दुर्घटना साँझ ७ बजेको समयमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *