मतदाता एवं निर्वाचन सम्पन्न गराउने सबैलाई धन्यवाद !

बागलुङ २०७४ मंसिर १२ । मंसिर १० गते सम्पन्न प्रतिनिधी तथा प्रदेश सभासदस्यको प्रथमचरणको निर्वाचनमा बागलुङ जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधी सभा र यसको क र ख बाट प्रदेश सभा सदस्य पदमा बामगठवन्धनबाट साझा उमेद्वार बनेका डा. सूर्य पाठक (प्रतिनिधी सभा), क र ख का (प्रदेशसभा) सदस्यका उमेदवार क्रमश: ईन्द्रलाल सापकोटा र कृष्ण रानामगरले संयुक्तरुपमा विज्ञप्ती प्रकाशित गरी निर्वाचनमा मतदान गर्ने मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

विज्ञप्तीमा निर्वाचन शान्तिपर्ण सम्पन्न गर्न महत्वपूर्ण भमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनिहरुले निर्वाचनका समयका घटेका केहि घटनाहरुका बारेमा भने गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । घटनामा संलग्न दोषीहरुमाथि कार्बाहीको माग समेत गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *