Menu

खुल्यो रहस्य, यस कारण चरौँदीबाट चौधरी सम्पर्कविहीन भएका रहेछन !

बागलुङ (गल्कोट) २०७४ मंसिर १२ । केहि दिन पहिले गल्कोटको चरौँदीबाट सम्पर्कविहीन भएका एकजना औषधि व्यवसायीको अझै पत्तो लागेको छैन । गल्कोट नगरपालिका वाड नं-६ को चरौदीँमा औषधि पसल सन्चालन गर्दै आएका बिबेक चौधरी गत मंसिर ५ गते देखी सम्पर्कविहीन छन् । उनको ध १ ज २८५२ नम्बरको २ सय २० सिसिको मोटरसाईकल तोडफोड भएको अबस्थामा बाटोको साईडमा भेटिएकोे थियो । चौधरीको गलत कृयाकलाप थाहा पाएका स्थानीयले उनको मोटरसाईकल तोडफोड गरेको चर्चा चरौँदीमा छ । हाल सो मोटर साइकल प्रहरीले नियन्त्रमा लिएर अनुसन्धान गरिरहेको समाचार छ ।

तराईबाट गल्कोट चरौँदीमा आएर औषधी पसल सन्चालन गर्दै आएका चौधरी उनकै गलत कृयाकलापले गर्दा भाग्न परेको स्थानीयले बताएका छन् । स्थानीय एक महिलासंग उनको अवैध सम्वन्ध भएको चर्चासगै उनी भागेको बुझिएको छ । कथित महिलाका श्रीमान रोजगारीका लागि विदेश रहेको स्थानीयले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *