भोट हाल्न गएका ढोरपाटन रिनामका रेशमलाल जैसी घर नफर्के पछी

बागलुङ २०७४ मंसिर १२ । ढोरपाटन नगरपालिका–२ रिनाम बस्ने ५८ वर्षीय रेशमलाल जैसी (खनाल) सोही ठाउँस्थित सोडेगैरा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

स्थानीय मतदान केन्द्रमा आइतबार भोट हाली घर फर्केका जैसी घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त भिरको बाटोदेखि करीव ५ मिटर तल लडेर मृत्यु भएको अबस्थामा सोमबार उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *