Menu

जनचाहाना बालबिकास केन्द्र तारिखेतको भौतिक ब्यबस्थापनका निम्ती आर्थिक सहयोग

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ मंसिर ११ । जनचाहाना बालबिकास केन्द्र तारिखेतको भौतिक ब्यबस्थापनका निम्ती बाग्लुङ युके समाजका प्रमुख सल्लाहकार मान बहादुर श्रीस र युके समाजका भुपु अध्यक्ष धनबहादुर कुवरद्धारा संयुतm रुपमा १ लाख ३० हजार रुपैया चन्दा सहयोग गरेका छन् ।

बालशिक्षाको भौतिक ब्यबस्थापनका निम्ती भन्दै उतm रकम प्राप्त भएको बालशिक्षा सञ्चालन समितीका अध्यक्ष बालसम कुवरले बताए । सोमबार आयोजित एक कार्यक्रमका बिचमा दुबै जनालाई स्वागत गर्दे बालशिक्षाको अबस्था र योजनाका बिषयमा अवगत गराईएको थियो ।

कार्यक्रम बालशिक्षा सञ्चालन समितीकाअध्यक्ष बालसम कुवरको अध्यक्षता, बागलुङ युके समाजका प्रमुख सल्लाहकार मान बहादुर श्रीसको प्रमुख आतिथ्यता, बागलुङ युके समाजका भुपु अध्यक्ष धनबहादुर कुवरको बिशिष्ठ आतिथ्यता रहेकोमा स्थानीय समाजसेवी,बुद्धिजिवी, लगाएतको मन्तब्य रहेको थियो ।

त्यस्तै तारिखेतमा रहेका कुवर समुदायले सोमबार गौरि पञ्चमी अर्थात कुलपुजा मनाएका छन् । कुवर एकता समाजको आयोजनामा सबै दाजुभाईले पुजा कार्यसम्पन्न गरीएको बालसम कुवरले बताए । उनका अनुसार संस्थामा रहेको कुल ५ लाख रुपैया मध्य १ लाख ५४ हजार खर्च भएको र बाकि रहेको रकमसंस्थाको खातामा राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *