Menu

राप्रपाबाट गाउँपालिका उपाध्यक्षकी उमेदवार एमालेमा प्रबेश

महेन्द्र केसी, पर्वत २०७४ मंसिर ११ । गत स्थानिय निर्वाचनमा पर्वतको मोदीगाउँपालिकामा उपाध्यक्ष पदकी उमेदवार साबित्रा नेपाली नेकपा(एमाले)मा प्रबेश गरेकी छन । गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार नेपाली अब नेपालमा बाम गठबन्धनको बिकल्प नभएको भन्दै एमालेमा प्रबेश गरेकी हुन । नेपाली मोदी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपाध्यक्षकी उमेदवार बनेकी थिइन ।

राप्रपा नेतृ नेपालीलाई एमालेका प्रदेश लेखा आयोगका संयोजक प्रेमकुमार लामिछानेले टिका र माला लगाएर एमालेमा प्रबेश गराएका थिए । पर्वतको मोदीगाउँपालिका – ६ थार्माजुङ्ग निवासी नेपालीको दलित समुदायमा राम्रो प्रभाब रहेको छ । नेपालीको प्रबेश बाम गठबन्धनका उमेदवारहरुको बिजयलाई थप सुनिश्चित गरिदिएको युवा संघ पर्वतका अध्यक्ष तथा मोदी गाउँपालिका – ६ का वडा अध्यक्ष बिमल लामिछानेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *