मुक्तक : फक्रिन्छ फुल, एक दिन झरेर जान्छ

पूर्णिामाको जून उनी भन्थे तिमीलाई
लाखौं ताराहरुमा एक गन्थे तिमीलाई
आज कहालीलाग्दो रात बनी आयौ तिमी
बसन्तको बहार उनी भन्थे तिमीलाई
***
फक्रिन्छ फुल, एक दिन झरेर जान्छ
एउटा फुल झर्दैमा डालीनै कहाँ मरेर जान्छ
मन मुटुमा सजाएर राखी सकेको मान्छे
एक्कासि कहाँ चटक्कै बिर्सी दिएर जान्छ
***
म टाढा हुन खोज्छु र पनि तिम्रा यादहरु
नजिक-नजीक सर्छन किन?
तिम्रा झुठा कसम नमिठा बैगुणहरु
सम्झिएर आँसु झर्छन किन ?
धागो चुडेको चङ्गा जस्तै भयो हाम्रो माया पनि
यी मनहरु सधैं तिमीलाई नै सम्झिने गर्छन किन ?

“एकल यात्री कुशल कुमार”
२०७४ मंसिर ११
बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *