आठो–पिठो खाँदै, घर दैलो गर्दै : गोकर्ण विष्ट

प्रेम सुनार, २०७४ मंसिर १० । । गुल्मी क्षेत्र नम्वर २ का वामगठबन्धनका साझा उमेदवार गोकर्णराज विष्टको म्यालपोखरीको चौरमा भएको चुनावी सभाको रिर्पोटिङ्ग पश्चात लागियो माथी मदानेको लेकको चिसो खाँदै र सोईरेको घुम्ती छिचोल्दै पश्चिम गुल्मीको अन्तिम र विकट गाउँ अग्लुङ्ग तर्फ ।

रात परी सकेको थियो । अग्लुङ्ग फेंदीमा पुग्दा विष्टको चुनावी प्रचार संगै रहेका कार्यकर्ताहरुले माओवादी जनयुद्ध ताकाको मेशको झल्को दिई रहेका थिए ।आलु , सोयाविनको तरकारी र मसुराको दाल र भात पाकिरहेको थियो. । मेशमा खाना सुरु भयो । उमेदवार विष्टले खान खाने संकेत गरे । सवै जना कतै आफै निकाल्दै त कतै एक अर्का सहयोगी बनेर खान खान सुरु गरियो ।

नेता विष्टले समेत आर्फै थाल धुने माओवादी मेश संस्कृतिको झल्को त्यहाँ जस्ताको त्यस्तै देखिन्यो । सोही क्षेत्रका प्रदेश २ का उमेदवार दिनेश पन्थी , माओवादी केन्द्रका नेता बुद्धि जिसी, अर्का नेता वेगमबहादुर चन्द , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल , निवर्तमान अध्यक्ष घनश्याम गौतम , सचिव टोपलाल अर्याल, कोषाध्यक्ष तेजेन्द्र श्रेष्ठ, महासंघ कै पुर्व उपाध्यक्ष भरत पाण्डे र यर्सै समाचारदाता संगै भुँईमा बसेर खाँदाको क्षणले माओवादी जनयुद्ध ताकाको मेश र उहि संस्कृतिको् अनुभुति भई रहेको थियो ।
पालैपालो मेशको खटन पटनमा लागेका कार्यकर्ताहरुले अर्को दिन विहान सुक्का रोटी , दाल र चटनी तयार पारी सकेका थिए । यता मेशमा खाजा नास्ता तयार भई रहँदा उमेदवारद्धयः विष्ट र पन्थीले दश वाह्र घरमा भेटघाट भ्याई सकेका थिए । कतै घरको दलानमा, कतै गोठमा पानी तताउँदै गरेका त कतै खेत वारीमा आलु लगाउँदै गरेका मतदाताहरुलाई वरैवाट हात जोड्दै पुगेका उमेदवारद्धयलाई गोठमा गोवर सोत्तर गर्दै गरेकी एउटी साधरण महिलाले कम्युनिष्टहरु मिल्नमा वल्ल घैंटामा घाम लागेको र बुद्धि पलाएको भन्ने आशय प्रकट गरिन् ।

नेता विष्टले हात जोडेर भन्दै थिए दिदी मलाई सुर्य चिन्हमा र दिनेश जीलाई गोलाकार भित्रको हँसिया हथौडामा भाट दिनु होला है ? भन्न के पाएका थिए । उनले भनिन– ए वल्ला मिलेर आउनु भयो ? धेरै राम्रो गर्नु भयो , हामीले चाहेकै त्यही थियौ कम्युनिष्टहुरु आपसमा मिले तव मात्र हुन्छ विकास. हुन्छ । जवाफमा नेता विष्टले भने हो, हामी पनि त्यही निश्कर्ष निकालेर अव देखि एउटै पाटी हुँदै छौं , साथ दिनुु होला ।

त्यहाँबाट रघुफेदीको चोकमा जम्मा भएका पुराना कम्युनिष्ट समर्थक बृद्ध बृद्धाहरुले पनि कम्युनिष्ट मिलेकोमा नेताहरुलाई स्वावासी दिई रहेका थिए । विहानीको रोटी नास्ता गरी सके पछि लागियो अग्लुङ्ग कै घडेरी भन्ने गाउँ तर्फ । कृषकहरु वारी जोत्ने र आलु रोप्न मै व्यस्त थिए । केहि महिना अघि पहिलो पटक त्यस गाउँ सम्म मोटर चल्ने बाटो खानिएको रहेछ । त्यसबाट खुशी देखिन्थे त्यहाँका वासीन्दाहरु ।
पारी निपाने गाउँका अगुवाहरु पनि विष्टलाई स्वागत गर्न त्यही घडेरी गाउँमै आएका थिए । त्यहाँबाट पारी आफ्नो गाउँ सम्म
पुग्ने मोटरबाटो पुराई देलान भन्ने कुरामा विष्ट संग आशावादी उनिहरुलाई अव छिट्टै त्याँ सम्म पुग्ने मोटरबाट खन्ने क्रम सुरु भई सकेको विष्टले उद्घोष गरे ।

लघुजल विद्युत आफैले सञ्चालन गरी रहेका अग्लुङ्गवासीलाई सामुदायिक विद्युतिकरण सेवा दिनका लागि अन्तिम तयारी पुरा भई रहेको पनि विष्टले जानकारी दिए । विद्यालयको दुरी टाढा भएको प्रति आफ्नो गम्भीर ध्यानकृष्ट भएको बताउँदै विष्टले अव अग्लुुङ्गका दुई माध्यामिक विद्यालयहरुमा कक्षा १२ सम्मको पठन पाठनका लागि पहल गर्ने समेत बताए ।

निपाने गाउँ र घडेरी गाउँका विद्यार्थीहरु छिमेकी जिल्ला प्युठानको ठुला वेसी स्थि गहुमुखी क्याम्पसमा तिन घण्टा हिडेर कक्षा ११ र १२ पढ्न जाँदा रहेछन् । जान तिन घण्टा आउँदा तिन घण्टाको पैदल यात्रा भए पछि उहि कोठा लिएर पढ्नु पर्दा महिनाको १५ ÷ १६ हजार न्युतम खर्च लाग्ने त्यहाँका विद्यार्थीहरु बताउँदै थिए । त्याहाँका जनता सवैको एउटै माग थियो मोटरबाटो, खानेपानी र विद्युत ।

उनिहरुको माग सुनि सके पछि झरियो त्यसै रघुफेदी तर्फ । मेशमा आलु र सोयाविनको तरकारी , दाल र भात पाकि रहेको थियो । चिसो मौसम तातो तातो दाल भात खाई सके पछि टोली लाग्यो माथी अग्लुङ्गको प्रशासनिक निकाय रहेको स्थान तर्फ । वडा कार्यालय अगाडीको मैदानमा आयोजित चुनावी सभामा उमेदवारद्धय संग वसी रहेका थिए ।
गुल्मीको विकाुसका मेरुदण्ड मानिने बैकुण्ठ बहादुर चन्द पनि । धेरै पटक जिविस सभापतिमा निर्वाचित र दुई दुई पटक राष्ट्रिय पञ्चायतको सदस्य समेत रहेका चन्दलाई अहिले पनि सिङ्गो गुल्मीवासीले गुल्मीमा विकासको मार्ग कोर्ने नेता भनेर चिन्ने गर्दछन ।
उनै पुराना नेता चन्दले भने–‘ हिजो गुल्मीमा विकास ल्याउने एउटा म थिएँ भने अहिलेको पुस्तामा गोकर्ण विष्ट नै हुनुहुन्छ । भन्दै थिए–‘ यत्रो वर्ष राप्रपाको राजनीति गरें , राजा विरेन्द्रको समेत दाहिने हात बनेर धेरै काम गरे तर अव पार्टीको भन्दा पनि जो विकास प्रेमी नेता छ उसैको पछाडी लाग्नुु पर्दछ भन्ने ठानेर उहाँलाई सहयोग गर्न चाहेको छु यसपाली । ’
त्याँबाट उमेदवार विष्टलाई प्युठानको चुनावी सभामा सम्वोधन गरी दिन त्यहँँको वामगठबन्धनबाट फोन आयो । अरुले नवोल्दै उमेदवार विष्टले समय मागेर सम्वोधन गरी लागियो प्युुठानको खुुङ गाउँमा आयोजित चुनावी सभा तर्फ । जहाँ प्युठान क्षेत्र नम्वर १ बाट वामगठबन्धनकी प्रतिनीधी सभाकी उमेदवार दुर्गा पौड्याल र प्रदेश सभा उमेदवार कृष्णध्वज खड्का सहभागी थिए ।

जनताको सहभागिता उल्लेख थियो । मोहनविक्रम सिंहकी पत्नी रहेकी पौड्यालले यसपाली झण्डै ५० हजार बढि मतले चुनाव जित्ने आंकलन गर्दै विष्टले भने–‘उहाँ भोली उपप्रधान सहित भने जस्तो मन्त्रालय पाउने नेतृ हुनुहुन्छ अन्यत्र मत खेर नफालौं , हिजो सम्म रुखमा भोट हाल्ने कांग्रेसजनले समेत गिलास र हसिया हतौडामा भोट हालेर दुवैलाई हत्याधिक मते विजयी बनाऔं ।’

विष्टले सम्वोधन सक्दा साँझ परी सकेको थियो । भोकले सवैलाई थाल खाउँकी भात खाउँ जस्तो बनाएको थियो ।, चाउमिन वा चाउचाउ पकाएर खाने सुरुसार उमेदवार विष्टले पनि नगरेका होईनन तर रात प¥यो । उनको पालो एउटा पसलमा विष्कुट र चाउचाउ अर्डर गरेर खाँदै जाने प्रश्ताव गरे । नभन्दै प्रत्येक गाडीमा विष्कुट र चाउँ राखेर खाँदै हिड्ने भईयो । उक्त सामग्रीको रकम बुझाउन खोज्दा प्युठानका आयोजकले रोकेर आफै तिरे ।

केहि पाकेको चाउमिन समेत दुई चार जनाको हातमा प्लास्टिकमा राखेर थमाई दिए । त्यही तातो चाउमिन हातले निकाल्दै खाँदै आईयो गाडीमा । भोकले आत्तिएर होला उमेदवार विष्टले पनि सुुख्खा चाउचाउको फाँको छिटोछिटो लगाएको देखिन्यो । त्यहाँबाट अर्खबाङ्गको होलिवाङ्गमा वसाईको व्यवस्था छ भन्ने सुनियो । कहिल्लै नगएकाहरुले व्यवस्थीत होटलको वसाई होला भन्ने ठानेका रहेछन् ।

तर होलिवाङ्ग गाडीबाट ओर्ले पछि त धेरै तलको गाउँको एक घरमा पो रहेछ उहि मेश । निकै अँध्यारो थियो । मोवाईलको साहराले निकै ओरालो र अफ्ठ्यारोबाटो झरियो । उमेदावर विष्ट गुुईगुुई त ओरालो लागेर अगाडी पुगि सके छन् । हामीहरु कुर्लिदै, कसैले गीत गाउँदै त कसैले गाउँको पुरानो स्मरण गर्दै र पात वजाउँदै झरियो तल ।

जहाँको एक घर भित्र मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी लगायतले सिस्नो र कोदाको ढिंडो घोट्दै थिए । भट्ट मकै पनि तयार थिए । यता गोठमा मेश चलिरहेको थियो । त्यो सिरेठोमा उमेदवारद्धयः र हामी वसेर सिस्ने, मकै भट्ट मज्जाले खाईयो । लेकको टिमुर र गाउँ घरे टमाटरको चटनी पनि सधै स्मरण गरी रहँ जस्तो थियो ।

मेशमा जनयुद्ध कालिन माओवादी कार्यकर्ताहरु ठट्टा गर्दै भन्दै थिए–‘ चारै तर्फको सेन्ट्रीहरु निकै चनाको भएर डिउटी गर है, दुश्मनहरुले चारै तर्फबाट घेरेका हुनु सक्छन् , एलएमजी पोष्टबाट दुर्विन पनि लगाउँ है…… ( गलल्ल हाँसो )

तरकारी पकाउँनेहरुले तरकारी अरु खाना पकाउनेहरुले अरु भ्याई नभ्याई थियो । भोकले निकै सताएकोले त्यहाँ चोखो मिठो भन्दा पनि छिटो छिटो आटो पिठो पाए हुन्थ्यो भन्ने सवैलाई लागेको थियो । जहाँ भात रोज्नेहरु भन्दा आटो् , ढिंडो र सिस्नो रोज्नेहरु धेरै थिए । खाना खाई सके पछि सुताई लहरै ।

निकै रमाईलो र भुमिगत कम्युनिष्ट जिवनको झल्को सवैले महशुस गरेको बताउँदै थिए । उनिहरु संग सधै संगै हिडेकी माओवादी केन्द्र निकट विद्यार्थी संगठनकी नेतृ वसन्त भण्डारी भन्दै थिईन् नेता विष्ट र पन्थीले चुनावी अभियानमा जहाँ पुगे पनि होटलको बसाई हुन बाट रोकका छन् । जनता कै घर तर खर्च आफ्नै गराएर मेश सञ्चालन गरेका छन् । ृे
पहिले आम सभा अहिले गाम सभा
नेता विष्ट सहित कुनै पनि दलका उमेदवारहरुले अहिले कतै पनि ठुला आम सभा गरेका छैनन् । टोल टोल टोलमा पुग्ने र स साना सभा गर्ने गरेका छन् । हजारौं कार्यकर्ता उतार्ने , शक्ति प्रदर्शन गर्ने , मोटर साईकल ¥यालीमा लाखौ पेट्रोल खर्च व्यहोर्ने, सहभागी कार्यकर्तालाई होटलमा भात मासुर मदिराको खोलो बगाउने विगतको चुनावी कुसंस्कृति अहिले बन्द देखिन्छ । चुनावी सरगर्मी भित्रिए लगत्तै सदरमुकाम तम्घास लगायतका शहर बजारमा युवाहरु मात्तिएको साँढे जस्ता भएर होटलमा बसेको र आक्रमक शैलीमा मोटर चलाएर एक देखि अर्को दलका कार्यकर्ता हानेर मार्छन कि भन्ने डर हुन्थ्यो । अहिले सदरमुकाम सुनसान देखिन्छ । साँझ परे पछि युवाहरु मिटिङ्ग बस्ने नाममा जाँड खर्च माग्ने र सजिलै पाउने गर्ने गरेको पाईन्यो । अहिले त सुको नपाएर होला रसिलो पसिलो हुने चेहराहरु पनि फुर्सै देखिन्छ । अवको दश दिनमा के हुने हो थाह छैन तर आजको मिति सम्म एक दम सामान्य खर्च मै सिमित छन दलहरु ।

स्थानिय तहको निर्वाचन सम्म होटलमा खाना ,दर्जनौ युुवाहरुलाई साँझ त कसैले दिउँसै पनि वियर लगायतको पेय पदार्थ फ्रि बनाउँदा कतिपय वडाध्यक्षले एउटै होटलमा आठ लाख सम्मको विल पुुराएको चर्चा थियो । तर अहिले क्षेत्र नम्वर १ र क्षेत्र नम्वर २ का उमेदवारहरुले मेश सञ्चालन गरेर चुनावी खर्च निकै कम गरेका छन् । कार्यकर्ताहरुको दल वल प्रदर्शनीलाई पनि रोकेको पाईयो । विगदमा उमेदवारहरुका अगाडी पछाडी दर्जनौं वाईक हुन्थे । अहिले निर्वाचन आचार संहिताले तोकेको गाडी संख्या भन्दा बढि कतै कुनै पार्टीमा देखिदैन् ।

यसपाली जिल्ला भर देखिएका चुनावी दृश्यले यो निर्वाचन आफैमा ऐतिहाँसिक मात्र छैन, खर्चका दृष्टिले पनि ऐतिहाँसक बन्ने देखिन्छ । हामीले होलवाङ्ग पछि तल भेडीखोर र उता सिर्सेनीको अर्विन्द आश्रम सम्ममा उमेदावर विष्टाई गरिएको स्वागत सम्मान कार्यक्रम सम्म नियालेर सदरमुकाम फर्किएका छौं ।

बाटोमा हामी सञ्चारकर्मीहरुले यहि विश्लेषण ग¥यौं कि अव उमेदावरहरु कार्यकर्ता पोष्णको खर्चले ढाड मस्केरै मित्तव्यायी बन्न पुगेका रहेछन् । यस्तो मित्तव्यायीतालाई सवै दलले सधैका निर्वाचनमा निरन्तरता दिन सके अव गरिवले पनि चुनाव लडेर जनप्रतिनिधी बन्न सक्ने छ नत्र उनै पैसावालाहरु कै वोलवाल रहने छ ।

केसीेले सुत्ने वेलामा कति झुट बोले ? भनेर सम्झीन विष्टको सुझाव
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधी सभाका वामगठबन्धनका साझा उमेदवार गोकर्णराज विष्टले सोही क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधी सभा उमेदवार चन्द्र केसीले विकास निमांर्णका विषयमा जहाँ पनि झुट वोेलेको आरोप गाएका छन् । देशैभर वामगठबन्धनको जितबाट कांग्रेस नेताहरु अत्तालिएर वर्वराउँदै हिडेको आरोप लगाउँदै एमालेका सचिव समेत रहेका विष्टले चन्द्र केसीलाई दिनभ सुरी आज म कति वटा कुरा झुट बोले ? भनेर हरेक दिन साँझ सुत्ने वेलामा सम्झिन सुझाव समेत दिएका छन् । चन्द्र केसी जिले त क्षेत्र साविकको क्षेत्र नम्वर ३ को विकासको नक्सा कोरेको र हरेक विद्यालय आफु जिल्ला सभापति हुँदा स्थापना गरेको भन्दै हिड्नु भएको छ नि भन्ने प्रश्नमा नेता विष्टले हाँस्दै भने म को को मान्छे किन यसरी बर्बराउँदै हिडेका छन ? भन्ने कुरामा जान्न उनले भने जनता आफै सचेत छ नि कुुन हैसियतको नेताले कहाँ के ग¥यो भनेर बुझि सकेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *