Menu

बेनी नगरपालिकाको तोराखेतमा बम बिष्फोट

म्याग्दी २०७४ मंसिर ८ । शुक्रवार म्याग्दीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । बेनी नगरपालिकाको तोराखेतमा एमालेका प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो । यसै क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो ।

तोराखेतमा भएको विष्फोटबाट मानवीय क्षति भने भएको छैन । विष्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताएकी छन् ।

विष्फोटको जिम्मा कसैले नलिएको भएपनि चुनाव विरोधी गतिविधि गरिरहेको नेत्र विक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विष्फोट गराएको आशंका गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *