Menu

स्वामी कमलनयनाचार्य पक्राउ परेकोे समाचार भ्रामक : सर्वसिद्धधाम पञ्चकोट

बागलुङ २०७४ मंसिर ८ । स्वामी कमलनयनाचार्य पक्राउ परेको समाचार भ्रामक भएको भनि विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोट बागलुङले एक विज्ञप्ती प्रकाशित गर्दै खण्डन गरेको छ ।

झापामा भएको निर्वाचन विरोधी गतिविधीमा संलग्न भएको आरोपमा स्थानीय कथावाचक कमलनयन घिमिरेलाई प्रहरीले पक्राउ गरेको समाचारलाई स्वामी कमलनयनाचार्य पक्राउ भनेर भ्रमपूर्ण समाचार आएको भनी पन्चकोट धामले जनाएको छ ।

विज्ञप्तीमा विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोट बागलुङका अभियन्ता स्वामी कमलनयनाचार्य पक्राउ परेका भनेर भ्रमपूर्ण समाचार कतिपय संचार माध्यममा आएको भन्दै सर्वसिद्धिधामले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

मंसिर ७ गते बिहीबार झापामा स्थानीय कथावाचक कमलनयन घिमिरे पक्राउ परेका र त्यो समयमा स्वामी कमलनयनाचार्य काठमाण्डौमा रहेकाले प्रहरीले उनलाई पक्रेको भन्ने समाचार तथ्यहिन भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *