Menu

जिल्लाको सुरक्षा ब्यवस्था मजबुत बनाईएकोले ढुक्क भएर मतदान गर्न प्रहरी उपरीक्षक श्रेष्ठको आग्रह !

कोपिला कँडेल/किरण आचार्य, बागलुङ २०७४ मंसिर ८ । जिल्ला प्रहरी कार्यालय बागलुङमा नवागत प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले मंसिर १० गते हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निर्भयरुपमा सम्पन्न गर्न सुरक्षा ब्यवस्था मजबुत बनाईएकोले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बागलुङमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आसन्न निर्वाचनलाई सफलता पुर्बक सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट निष्पक्षरुपमा सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाए । जिल्लाको शान्ति सुरक्षाका सवालमा जिल्लामा आईपर्ने कठिनाई बिरुद्ध सबैसंग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने उनको भनाई थियो ।

पत्रकारहरुले चुनावको मुखैमा जिल्लाका प्रहरी प्रमुखको सरुवा गर्नाले चुनावमा प्रभाव पर्दैन ? भन्ने जिज्ञासामा प्रहरी उपरीक्षक श्रेष्ठले, व्यक्ति भन्दापनि प्रहरी संगठनले काम गर्ने भएकाले व्यक्ति परिवर्तनले केहि असर नपर्ने बताए ।

निर्वाचनको सिलसिलामा जिल्लामा बिभिन्न स्थानमा बिप्लव कम्युनिष्टले उत्पन्न गरेका त्रासपुर्ण क्रियाकलापका दोषीलाई पक्राउ गर्न नसकेको भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रउ श्रेष्ठले प्रमाण सहित आएमा कानुन बमोजिम कारबाही गर्ने बताए ।

एक वर्ष अघि जिल्ला प्रहरी कार्यालय बागलुङमा आएका प्रहरी उपरीक्षक चन्द्र कुबेर खापुङको प्रहरी प्रधान कार्यालय काठमाडौँमा सरुवा भएको छ । चुनावको मिति केहि दिन मात्र बाँकी रहँदा प्रहरी उपरीक्षक खापुङको अकस्मात सरुवा गरिनुलाई नागरिक समाजले सहजरुपमा लिन सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *