पाण्डबखानीमा सर्वदलीय बैठक सम्पन्न

सुरेश छन्त्याल, गल्कोट २०७४ मंसिर ८ । गलकोट नगरपालिका १० पाण्डबखानीमा सर्व दलिय बैठक आज पाण्डबखानी केन्द्रमा सम्पन्न भएको छ। पाण्डबखानीमा आएका बुथ कका लोकनाथ आचार्य र बुथ ख का डिल्लीराम शर्माले मतदान केन्द्रमा आचार संहिता बारे जेष्ठ नागरिक अपांग गर्भवती महिलालाई कसरी प्राथमिकता दिने बारे स्पष्ट पार्नु पारेका थिए । पाण्डबखानीमा १७ सय ७४ मतदाता भएको जानकारी दिदै मतदान हुने दिनमा गाउँका सबैले सहयोग गर्नपनि आग्रह गरे।
आजै छुटेका फोटो सहित नामावली पनि वितरण गरिएको छ।बागलुङ क्षेत्र नम्बर २मा नेपाली काग्रेसको प्रधिनिति निरज पुन र प्रदेश सभामा मन्जेश बम मल्ल र संयुक्त बाम गठबन्धनबाट प्रधिनिति देविन्द्र पौडेल र प्रदेशमा चन्द्र बुदा सागरले प्रधिस्पर्धामा छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *