Menu

कुस्मामा करेन्ट लागेर राजु विकको मृत्यु

पर्वत, २०७४ मंसिर ८ । पर्वतको कुश्मा नगरपालिका वडा नं ५ राम मन्दिर चोक नजिकै बन्दै गरेको घरमा मार्बल बोक्ने क्रममा करेण्ट लागेर गएराति एकजनाको मृत्यु भएको छ ।
घरभित्रै मार्बल सार्ने क्रममा स्थानीय नरेश श्रेष्ठको घरमा कुश्मा नगरपालिका वडा नं ११ पकुवा घर भएका ३८ वर्षीय राजु विकको मृत्यु भएकोे हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेका अनुसार काम गर्ने क्रममा मार्बल काट्ने मेसिनको तारमा हात छोइएपछि विकलाई करेण्ट लागेको थियो । पीडित पक्ष, मार्बल बिछ्याउन ठेक्का लिएका ठेकेदार र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय पर्वतमा बिहिवार भएको छलफलमा क्षतिपूर्तिको विषयमा सहमति भएपछि मात्र शव परीक्षण हुने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *