Menu

निसीखोलामा काँग्रेसी कार्यकर्ताको कुटाईबाट माओवादी कार्यकर्ता घार्इते !

बबिता शर्मा बुर्तिवाङ २०७४ मंसिर ८ । निसीखोला गाउपालिकाको १ नम्बर वडाको लेवाङमा गयराति घरमै बसिरहेका माओवादी कार्यकर्ता मान बहादुर दमैलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गर्दा घाइते भएका छ्न ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य खालबहादुर घर्ती सहितको समूहले कुटपिट गरेको मान बहादुरका आफन्तले आरोप लगाएका छन् ।

ूराति घरमै थियौ, काङ्ग्रेसका कार्यकर्ता आएर एक्कासी माओवादीको झन्डा किन गाडेको, किन प्रचारमा हिडेको भन्दै कुटपिट गरेको घाइते मान बहादुरले बताए ।

कुटपिट बाट मान बहादुरको खुट्टा, ढाड र टाउकोमा चोट लागेको छ । घाइतेको अहिले प्राथमिक स्वास्थ केन्द्र बुर्तिवाङमा उपचार भैरहेको छ । प्रतिनिधि सभा सदस्यका साझा वाम उमेदवार देबेन्द्र पौडेलले घाइतेको स्वास्थ्य स्थिति बुझ्न् स्वास्थ्य केन्द्र पुगेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *