Menu

मौन अवधि सुरु भएपछी सार्वजनिकरुपमा चुनाव प्रचार अभियान थामियो, भित्रभित्रै जारी !

बागलुङ २०७४ मंसिर ८ । हिँजो मध्य राति देखी मौन अवधी सुरु भएपछी सार्वजनिकरुपमा चुनावी प्रचार अभियान थामिएको छ ।

मौन अवधि लागू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचार(प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार(प्रसार गर्न पाइँदैन ।

‘मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुनेपनि आयोगले जनाएको छ ।

माइकिङ गरेर, सार्वजनिक जन भेला गरेर प्रचार अभियान नगरिएपनि उमेदवारहरुले मतदाताहरुलाई भेटी मत माग्ने काम जारी रहेको छ । नेपाली काँग्रेसले बामपन्थी गठबन्धनले मतदाताहरुलाई पैसा दिएर मत खरीदगर्ने आशंका जताई रहेका छन भने अर्कोतिर बामपन्थीहरु यहि आरोप काँग्रेसमाथी लगाई रहेका छन् । भित्रभित्रै मतदाता आकर्षित गर्ने काममा साम,दाम,दण्ड,भेदको नीती दुबै पक्षबाट भएको आँकलन गरिएको छ ।

आजै बिप्लप माओवादीको बन्दका कारण बागलुङको जनजीवन प्रभावित बनेकोले सदरमकाम र जिल्लाका अन्य बजार एरियामा चहलपहल देखिएन । सतहीरुममा सुनसान देखिएपनि चुनावी प्रचार भने भित्रभित्रै भै नै रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *