जनताको कामगर्नलाई आएको हो, आफनो जित सुनिश्चत छ – जित शेरचन

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ मंसिर ७ । नेपाली काग्रेस क्षेत्र नं २ बागलुङ प्रदेश सभा ख उमेदवार जितबहादुर शेरचनले आफु जनताको निम्ती कामगर्नलाई आएको र यस पटकको चुनाबमा आफनो जित सुनिश्चित भईसकेको बताउदै यसक्षेत्रका जनता संग समन्वय गरेर यसक्षेत्रको मुहार फेर्ने अभियानमा जुट्ने बताए ।

बागलुङको पश्चिम क्षेत्र हरेक क्षेत्रबाट समृद्धिको सम्भावना बोकेको क्षेत्र भएका कारण यस क्षेत्रको विकास गर्न आफु खट्ने , कुनै लोभ लालच नभई सिधा रुपमा पहिलो प्राथमिकता बिकास निर्माण र शैक्षिक गुणस्तर बृद्धिमा जुट्ने बताए । आफु अरुको कुरा नगर्ने, अरुको काम हेरेर बस्ने व्यतिm नभई स्वय आफुलेनै केहि गर्नुपर्छ भन्ने भिजन भएको ब्यतिm रहेको बताउदै जुनकुनै हालतमा यसक्षेत्रलाई समृद्धिको दिशामा लगेर अगाडि बढ्ने बताए ।

प्रचारप्रसारमा समेत एक्लै जनता सँग घरघर तथा चौपारीमा पुगेर भोट माग्दै हिडेका शेरचन यस क्षेत्रका बिकासका निम्ती शिक्षा, चेतना, योजना र पहुच हरेक क्षेत्रबाट पोक्त भएका कारण जनताले एकपटक अबसर दिनुपर्ने तर्क गरे । सामुदायिक रेडियो ढोरपाटनले सञ्चालन गरेको ढोरपाटन बहसमा बोल्दै उनले बिपक्षले आफुलाई पछि पार्ने रणनीतिका साथ अनेक आरोप लगाएपनी आफु त्यस्तो ब्यतिm नभएको र कुनै दिनमा पनी बिपक्षले सोचेको जस्तो गलत नहुने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *