विभाजित बाम पार्टीहरु एकजुट भएपछी जनताको उत्साह बढेको छ : नेपाली

सुमन सुनार, बुर्तिवाङ २०७४ मंसिर ७ । संयुक्त बाम गठबन्धनको चुनावी सभा आज ढोरपाटन नगरपालिकाको खलबाङमा सम्पन्न भएको छ । पश्चिम क्षेत्रका विभिन्न स्थानमा चुनावी अभियानमा सकिदै लाग्दा आज अन्तिम दिन बाम गठबन्धनको सभामा गठबन्धनका तर्फबाट प्रदेश सभा उमेदवार, ढोरपाटन नगर प्रमुख तथा तीन बामपार्टीका नेतृत्व सहभागी रहेका थिए ।

सभामा प्रमुख अतिथिका रुपमा रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले, राष्ट्र निर्माणको पक्षमा एकजुट भएका कम्युनिष्टहरुले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सानदार जित हासिल गर्ने बताए । विभिन्न गुट र समुहमा छरिएका बामपार्टीहरु अहिले एकजुट भएर निर्वाचनमा आएपछि जनताको उत्साह बढेको उनले बताए ।

सभामा बोल्दै नेपालीले जनताको हक हित र विकासका लागि स्थायी सरकार सञ्चालन गरेर समृद्धि खोजेको बामपार्टीका उमेदवारहरुलाई जनताले मतदान गर्नुपर्ने उनको भनाई थियो ।

यस्तै सभामा साझा बामपार्टी प्रदेश सभा सदस्य उमेदवार टेकबहादुर घर्तिले मंसिर १० गते हुने निर्वाचनमा देश बदल्ने शक्ति बामगठबन्धनका उमेदवारलाई जनताले रोज्नु पर्ने बताए । गाउँको विकास र समृद्धि विना देशको विकास र आमूल परिवर्तन संभव नभएको भन्दै त्यसका लागि जनताले स्थायी सरकार सञ्चालनको तयारीमा रहेको बाम गठबन्धनका उमेदवारहरुलाई नै मतदान गर्नुपर्नेमा जोड दिए । प्रदेश सभा उमेदवार घर्तिले आफू निर्वाचित भएपछि कुनैपनि विकासको घेरा संकुचित नबनाई जनताको आवश्यकताका आधारमा योजना बनाउने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्याल, नेकपा एमालेका ददीराम शर्मा, मामलाल भुसाल लगायतको मन्तव्य रहेको थियो ।

ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महतको अध्यक्षता, रहेको कार्यक्रममा २ नम्वर वडा सदस्य तमबहादुर घर्ति, मनकुमारी घर्ति, पूर्व इलाका सदस्य तमबहादुर घर्ति लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम प्रेमलाल चालिसेको स्वागत मन्तव्य तथा शिव चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *