लोकतान्त्रिक प्रणाली बाटनै देश नयाँ युगमा जाँदैछ – पौडेल

बबिता शर्मा, गल्कोट २०७४ मंसिर ७ ।नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ का वामगठबन्धन बाट प्रतिनिधि सभाका साझा उमेदवार देबेन्द्र पौडेलले वामपन्थीहरुले लोकतान्त्रिक प्रणाली बाटनै देशलाई नयाँ युगमा लैजाने बताए ।

पचासौं बर्ष काङ्ग्रेसको अधिनायकवाद ब्योहोरेका जनताले आसन्न निर्वाचनमा समृद्धि र विकासको एजेन्डा बोकेको वामगठबन्धनलाइ पुर्ण बहुमत दिएर देशलाई नयाँ युगमा लैजाने अभियानमा साथ दिन आग्रह गरे ।

आज २ नम्बर निर्वाचन क्षेत्रमा संयुक्त वामगठबन्धनले ताराखोला गाउँपालिकाको ताराखोलामा आयोजना गरेको चुनावी सभामा बोल्दै उमेदवार पौडेलले उक्त कुरा बताएका ह’न ।
देशमा अस्थिरतामा रहिरहदा विकास र समृद्धिका एजेन्डा अघि बढ्न नसकेको भन्दै अब वामपन्थीलाई जनताले पुर्ण बहुमत दिएर पाँच बर्ष सम्म सरकार चलाउने वातावरण बनाउन आग्रह गरे । वामपन्थी एक हुँदा जनता खुशी छ्न, त्यो खुशी अब १० गते हामिलाइ मतदान गरेर प्रमाणित गर्नु हुनेछ हामी ढुक्क छौ उनले भने।

तत्कालीन जनयुद्धको आधार इलाका मानिने ताराखोलामा पुगेर बोल्दै पौडेलले यो ठाउ बाट जनयुद्ध र जनआन्दोलनमा धेरै साथीहरुको योगदान र बलिदान छ,अब ढुक्क हुनुस वामपन्थी सरकारले सहिद, घाइते, बेपत्तायोद्धा को उच्च सम्मान र योगदानको कदर गर्ने छ । हामीले शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था सिर्जना गर्छौ, अब पुर्ण बहुमतिय वामपन्थी सरकार बन्न कसैले रोक्न सक्दैन पौडेल भने । अब केन्द्र र प्रदेशमा स्थायी सरकार मार्फत सबै जनताको अधिकारका लागि लड्ने छौ, विकास र समृद्धिका लागि लड्ने छौ, त्यहिअनुसार जनताले हामीलाई बुझिदिनुहुने छ पौडेलले भन्नू भयो । कार्यक्रममा बोल्दै पौडेलले विगतका केन्द्रीकृत र एकात्मक राज्य प्रणालीले जनताको अधिकारको सुनिश्चितता नभएको भन्दै , नयाँ अवधारणा सहित हामी वामपन्थी एक ढिक्का भएर आएका छौ अब कुनै तागतले हामीलाई रोक्न सक्ने छैन उहाँले भने । विपक्षीहरु चुनावका बेला मात्र सक्रिय हुने गरेको भन्दै उहाँले उनीहरुको क्षणिक लोभलालच र प्रलोभनमा नपरी जनता जागरुक भै वामपन्थीलाई जिताएर काङ्ग्रेसलाइ सबक सिकाउन आग्रह गरे ।

चुनाव नजिकिदै गर्दा विपक्षीहरु चुनाव जित्न केही जनतालाई सामान र पैसा दिएर प्रलोभनमा पार्न खोजेको भन्दै त्यस्ता जो सुकै भएपनि समातेर प्रहरीमा बुझाउन उनको आग्रह थियो ।
हामीले आफ्नो स्वार्थ छाड्यौ, अब इतिहासको पुर्ण समिक्षा गरि सबै जनताको स्वार्थका लागि लड्ने छौ उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पौडेलले आफ्नो २ नम्बर निर्वाचन क्षेत्रलाइ देशकै नमुना र विकसित निर्वाचन क्षेत्रको रूपमा बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेश सभा सदस्यका साझा वामउमेद्वार चन्द्र बुढा सागरले यो क्षेत्रलाई केन्द्र र प्रदेश सग जोडेर विकासका कामले नमुना प्रदेशको रूपमा स्थापित गर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *