गरिब जनताको लागि लड्ने बामपंथी शक्ति – सागर

बिमल खड्का, खर्वाङ २०७४ मंसिर ७ । आसन्न प्रदेश र प्रतिनिध सभा सदस्य उमेदवारका लागि हुने निर्वाचनको प्रचार अभियानका क्रममा आज बडीगाड गाउपालिकाको वडा ७ भीमगिठेमा चुनावी सभा सम्पन्न भएको छ।

बागलुङ क्षेत्र न २ क का प्रदेस सभा सदस्य उमेदवार एव बाम गठबन्धनका साझा बामपंथी उमेदार चन्द्र बहादुर बुढा सागरले दुखी गरिव जनताको मर्म बुझ्ने पार्टी कम्य’निष्ट भएको बताएका छन ।

नेपालमा पुजीवादी सिद्धान्तले मात्रै बिकाश नहुने भन्दै समाजवादी सिद्धान्त मार्फत देशले बिकाशको मुहार फर्न सक्ने भन्दै अब बाम शक्ति फुटेर नभई जुटेर जनताको मर्म अनुरुप काम गर्ने गठबन्धन हुँदै पार्टी एकता गर्ने बताएका छन ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले दलित समुदायलाई आरक्षण व्यवस्था समानुपातिक समावेशीता दलितलाई राज्यको पहुचमा ल्याउन लड्ने पार्टी बामपंथी शक्ति भएको बताए । उनले भने बिगतमा कमिकम्जोरी भएपनि यस पटक त्यस्तो गल्ती नगरि बामपंथी शक्तिलाई जिताउन आग्रह गर्दै अब बागलुङको मुहार फर्ने बामपंथी शक्तिको जितको आवश्यकता भएको बताए ।

कार्यक्रममा नेकपा एमाले समानुपातिकउमेदवार मोहनलाल शर्मा नेकपा माओवादिकी समानुपातिक उमेदार दिलमाया रोका लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।
बडिगाड गाउपालिका वडा न ९ का वडा अध्यक्ष कृष्ण केसीको अध्यक्षता संयुक्त बाम प्रचार समितिका सचिवालय सदस्य जित बहादुर थापाको स्वागत र सदस्य कृष्ण जैशीको।संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *