आफ्नो क्षेत्रमा सडक निर्माणलाई प्राथमिकता दिँदै प्रत्यक गाउँलाई सडक सन्जालले जोड्छु : निरज पुन

गुमानसिँह भण्डारी, गल्कोट २०७४ मंसिर ७ । नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेद्वार नर बहादुर पुन निरजले बुर्तिबाङ—लुकुरवन—खोलाखर्क–पाण्डवखानी–सिसाखानी–खरबाङ–बुर्तिबाङ रिङरोड, बुर्तिबाङ तमान सोले– तातोपानी–गलेश्वर पर्यटन मार्ग, हटिया– हरिचौर–ताराखोला सडक निर्माणलाई पहिलो प्राथमिकता दिने बताएका छन् । गलकोट नगरपालिका वाड नम्बर ८ काडेबासमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हन् ।

पुनले २ नम्बर क्षेत्रका नगरपालिका र गाउपालिकाका प्रत्येक वाडहरुमा सहज सडक सञ्जाल पु¥याउनका लागि आफनो प्रमुख भुमिका रहने बताए । उनले एक गाउँ÷नगर एक अस्पताल अवधारणा अन्तर्गत प्रत्येक गाउँ तथा नगरपालिकामा सुविधा सम्पन्न अस्पताल स्थापनाका लागि पहल गर्ने बताए । उले सबै वडामा स्वास्थ्यचौकी र आवश्यकता अनुसार सहरी सामुदायिक स्वास्थ्य संस्थाको स्थापना सहित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पुर्व सांसद समेत रहेका पुनले पर्यटन र कृषि क्षेत्रको विकास गरी यहाँका युवाहरुलाई स्वरोजगार बनाउन पहल गर्ने र यहाँको भौगोलिक अवस्थाको अध्ययन गरि कस्तो प्रकारको कृषि उपज उत्पादन हुन्छ भन्ने जानकारी लिई सोही अनुसारको कृषि उत्पादनका लागि युवाहरुलाई प्रेरित गर्ने बताए ।

प्रदेश सभा सदस्य उमेद्वार मञ्जेश बम मल्लले गल्कोट, बडिगाड र ताराखोलाका प्रत्येक वडामा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न मिल्नेगरी सडक सञ्जालको विकास गर्ने बताए । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका लागि भौतिक पूर्वाधारको निर्माणसंगै गुणस्तरको वृद्धि गरि पर्यटन र कृषि क्षेत्रको विकासलाई समेत अगाडि बढाउने मल्लको भनाई छ ।

मल्लले आफनो निर्वाचन क्षेत्र जलस्रोतमा निकै धनि भएको बताउदै यहाँको जलस्रोतको उपयोग गरी विद्युत उत्पादन मार्फत आर्थिक आम्दानी गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगरले काग्रेस बिकास चाहने पार्टी भएका कारण स्थानिय निर्वाचनमा जसरी अबको निर्वाचनमा पनि मतदान गरि काग्रेसलाई जिताउन आग्रह गरिन् ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य तथा गल्कोट नगरपालिका वाड नम्बर ८ का वाड अध्यक्ष रामप्रसाद कडेल, नेपाली काग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष लालप्रसाद घर्ति, प्रचार प्रसार संयोजक ढालिन्द्रप्रसाद गौतम, काडेबासका प्रचार प्रसार संयोजक रेमलाल सापकोटा, युवा परिचालन समितिका बिष्णु सलामी लगायतको सहभगीता रहेको थियो । अभियान अन्तर्गत आज गलकोट नगरपालिका वाड नम्बर ८ को काडेबास बजार, बिर्कोट, राजबगर, बिसौना, पचुवा लगायतका ठाउमा घरदैलो अभियान सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *