समृद्व गल्कोट आफनो पहिलो प्राथमिकता: निरज पुन

थम्मन थापा, बागलुङ २०७४ मंसिर ७ ।नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्धार नर बहादुर पुन निरजले सम्बृद्ध गलकोट आफनो पहिलो प्राथमिता भएको बताएका छन् ।
गल्कोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन ।

पुनले गलकोट प्राकृतिक र सास्कृतिक रुपमा भरिपुर्ण ठाउ भएका कारण यहाँको स्रोत र साधनको अधिकतम उपयोग गरि गल्कोटलाई सम्मृद्ध बनाउने बताए । पुनले गलकोट क्षेत्रबाट युवाहरु बिदेशिने क्रम तिब्र भएका कारण युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउने बताएका छन ।

कार्यक्रममा बोल्दै प्रदेश सभा १ का उमेद्धार मञ्जेश बम मल्लले घरदैलो अभियानबाट नेपाली काग्रेसको पक्षमा अत्याधिक मत आउने अपेक्षा गरेको बताए । मल्लले नेपाली काग्रेस बिकासप्रेमि पार्टी भएका कारण मतदाताहरुले ढुक्कका साथ मतदान गर्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले लोकतन्त्रको रक्षा र कार्यान्वयनका लागी नेपालि काग्रेसले जित्नु आवश्यक भएको बताए ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगर, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोण कुबर निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक फम खत्री, महाधिबेसन प्रतिनिधि यम श्रीस, मञ्जु शर्मा चालिसे, हिरा काउचा, जनजाति महासंद्यको तर्फदेखि सिताराम पुन लगायतले बालेका थिए ।

कार्यक्रम नेपालव् काग्रेस गलकोट नगरपालिका वाड नम्बर १ का सभापति हेम बहादुर खड्काको अध्यक्षता र सचिव धना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभियान अन्तर्गत वाड नम्बर १ को दुदिलाभाटी बजार र थलिङका कार्यक्रम सम्पन्न भएको छ ।
यसैबिच नेपाली काग्रेस क्षेत्र नम्बर २ को चुनावी कार्यक्रम गलकोट नगरपालिका वाड नम्बर २ नरेठाटीमा सम्पन्न भएको छ । चुनावी अभियान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उमेद्धार नर बहादुर पुन निरजले नेपाली काग्रेस बिकासप्रेमि पार्टी भएको बताए। प्रजातन्त्रलाई आत्मासाथ गर्दै कुरा भन्दा काम आफनो पहिलो प्राथमिकता हुने पुनको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले गलकोट क्षेत्रमा नेपाली काग्रेसले बिकासको गति अगाडि बढाईरहेको भन्दै आगामि दिनमा पनि नेपालि काग्रेसले बिकासको अगुवाई गर्ने बताए ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, क्षेत्रीय सभापति दोण कुबर, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, यम श्रीस, प्रचार प्रसार संयोजक ढालिन्द्रप्रसाद गौतम, क्षेत्रीय उपसभापति राम बहादुर खत्री, गलकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हेमन्त भण्डारी, वाड सदस्य घनश्याम कुबर, बिष्ण बिक, र दुर्गा भण्डारी लगायतको बालेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *