Menu

देशको बागडोर हातमा आउँदा जनताको समस्या नबुझ्ने काँग्रेसलाई प्रतिपक्ष ठीक ! -ढोनपा प्रमुख नेपाली

सुमन सुनार, बागलुङ २०७४ मंसिर ६ । संयुक्त बाम गठबन्धनको चुनावी सभा आज दिनभर जिल्लाका विभिन्न ठाउँमा सम्पन्न भएका छन् । क्षेत्र नं २ खुँगाको लुकुरवनमा आज भएको सभामा बामगठबन्धनका स्टार प्रचारक रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले, देशको बागडोर हातमा आउँदा जनताको समस्या नबुझ्ने काँग्रेसलाई अव सुन्दर प्रतिपक्षको स्थान सुहाउने बताए । २०४८ सालमा बहुमत सहित सरकारमा पुगेको काँग्रेस जनताको आवश्यकता नजान्दा आफ्नै कारणले ढलाएको भन्दै यस्तो पार्टीले देशका जनताको हित गर्न नसक्ने ठोकवा गरे ।

सभामा बोल्दै नेपालीले काँग्रेसकै कारण देहमा १०÷१० वर्ष गृहयुद्ध हुन पुगेको, भ्रष्टाचार, अनियमिता र अस्थीर सरकार सञ्चालन गरि राज्य कोषको बजेट खतम पारेको आरोप लगाउँदै अव देशभर कम्युनिष्टहरु जागे, एकगठ भए काँग्रेसलाई सुन्दर प्रतिपक्षमा सुहाँउदो स्थान तयार पारिदिएको समेत बोले ।

यस्तै सभामा साझा बामपार्टि प्रदेश सभा सदस्य उमेदवार टेकबहादुर घर्तिले देश बदल्ने शक्ति नै कम्युनिटहरु भएकाले देशका आमूल परिवर्तनसँगै राष्ट्र विकासको सपना सहित आएको गठबन्धनले देश बनाउने बताए । उनले सबै जनताले अव देश निर्माण गर्ने बाम गठबन्धनमा आवद्धता जनाउँदै एकवद्ध भएर आगामी मंसिर १० गते हुने निर्वाचनमा गठबन्धनका उमेदवारहरुलाई मतदान गरि विजयी बनाउन आग्रह पनि गरे ।

कार्यक्रममा ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, माओवादी केन्द्रका चन्द्रलाल अर्याल, नेकपा एमालेका ददीराम शर्मा, टंक प्रसाद पौडेल, मामलाल भुसाल लगायतको आतिथ्यता एवं मन्तव्य रहेको थियो ।

ढोरपाटन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलक पुनको अध्यक्षता, बलबहादुर श्रीपालीको स्वागत मन्तव्य तथा चिन्तामणी शर्माकोसञ्चालनमा सभा सम्पन्न भएको बताइएको छ ।

यसैवीच गल्कोटबाट सहकर्मी थम्मन थापा सन्देश पठाएको समाचारमा नेकपा माओवादि केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ का वामगठबन्धन बाट प्रतिनिधि सभाका साझा उमेदवार देबेन्द्र पौडेलले वामपन्थीहरुले लोकतान्त्रिक प्रणाली बाटनै देशलाई नयाँ युगमा लैजाने बताएका छन् ।

पचासौं बर्ष काङ्ग्रेसको अधिनायकवाद ब्योहोरेका जनताले आसन्न निर्वाचनमा समृद्धि र विकासको एजेन्डा बोकेको वामगठबन्धनलाइ पुर्ण बहुमत दिएर देशलाई नयाँ युगमा लैजाने अभियानमा साथ दिन उनलेआग्रह गरे। आज २ नम्बर निर्वाचन क्षेत्रमा संयुक्त वामगठबन्धनले ताराखोला गाउँपालिकाको ताराखोलामा आयोजना गरेको चुनावी सभामा बोल्दै उमेदवार पौडेलले उक्त कुरा बताएका हन् ।

देशमा अस्थिरतामा रहिरहदा विकास र समृद्धिका एजेन्डा अघि बढ्न नसकेको भन्दै अब वामपन्थीलाई जनताले पुर्ण बहुमत दिएर पाँच बर्ष सम्म सरकार चलाउने वातावरण बनाउन आग्रह पनि गरे । वामपन्थी एक हुँदा जनता खुशी छ्न, त्यो खुशी अब १० गते हामिलाइ मतदान गरेर प्रमाणित गर्नु हुनेछ हामी ढुक्क छौ उहाँले भने ।

तत्कालीन जनयुद्धको आधार इलाका मानिने ताराखोलामा पुगेर बोल्दै पौडेलले यो ठाउ बाट जनयुद्ध र जनआन्दोलनमा धेरै साथीहरुको योगदान र बलिदान छ,अब ढुक्क हुनुस वामपन्थी सरकारले सहिद, घाइते, बेपत्तायोद्धा को उच्च सम्मान र योगदानको कदर गर्ने छ । हामीले शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था सिर्जना गर्छौ, अब पुर्ण बहुमतिय वामपन्थी सरकार बन्न कसैले रोक्न सक्दैन पौडेल भने। अब केन्द्र र प्रदेशमा स्थायी सरकार मार्फत सबै जनताको अधिकारका लागि लड्ने छौ, विकास र समृद्धिका लागि लड्ने छौ, त्यहिअनुसार जनताले हामीलाई बुझिदिनुहुने छ पौडेलले भने ।

कार्यक्रममा बोल्दै पौडेलले विगतका केन्द्रीकृत र एकात्मक राज्य प्रणालीले जनताको अधिकारको सुनिश्चितता नभएको भन्दै , नयाँ अवधारणा सहित हामि वामपन्थी एक ढिक्का भएर आएका छौ अब कुनै तागतले हामीलाई रोक्न सक्ने छैन उनले भने ।

विपक्षीहरु चुनावका बेला मात्र सक्रिय हुने गरेको भन्दै उनले उनीहरुको क्षणिक लोभलालच र प्रलोभनमा नपरी जनता जागरुक भै वामपन्थीलाई जिताएर काङ्ग्रेसलाइ सबक सिकाउन आग्रह गरेका थिए । हामीले आफ्नो स्वार्थ छाड्यौ, अब इतिहासको पुर्ण समिक्षा गरि सबै जनताको स्वार्थका लागि लड्ने छौ उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्यका साझा वामउमेद्वार चन्द्र बुढा सागरले यो क्षेत्रलाई केन्द्र र प्रदेश सग जोडेर विकासका कामले नमुना प्रदेशको रूपमा स्थापित गर्ने बताए । हाम्रो टिममिलेको छ,हामी घ शक्ति एक भएर आयका छौ अब हामी जनताको परिबर्तनका लागि मात्र काम गर्ने छौ र यो क्षेत्रलाई नमुना क्षेत्रको रूपमा विकास गर्ने छौ सागरले भने ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिक उमेदवार भविकला रोका, राजमोका तिर्थ सिंह थापा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य सन्जय श्रेष्ठ गल्कोट समाज जापानका अध्यक्ष नर बहादुर थापाले मन्तव्य राख्का थिए ।

उता काठेखोला गाउँपालिका वडा नं. ७ रेश कुँवरथरमा बुधवार चुनावी सभामा बोल्दै प्रदेशसभाका साझा बाम उमेदवार इन्द्रलाल सापकोटाले बागलुङ जिल्लाका २ वटा प्रतिनिधिसभा र ४ वटै प्रदेशसभा बाम गठबन्धनले जित्ने सुनिश्चित भएको दावी गर्नु गरे ।

बाम गठबन्धनले निर्वाचन जित्ने आधारहरु प्रस्तुत गर्दै उनले मौन अवधीमा विपक्षीहरुले जनताका बीचमा विभिन्न लोभलालच देखाउने, झुठा आश्वासनहरु बाड्ने र मत खरिद जस्ता कार्य गर्ने भएकाले सचेत भएर पहरेदारी गर्न आग्रह गरे । जातको नाममा, भुगोलका नाममा मात्रै होइन, पैसा लिएर मत माग्न आउने अवस्था विद्यमान रहेको भन्दै उनले त्यस्ता प्रवृतिहरुको डटेर सामना गर्न बाम गठबन्धनका नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले काठेखोला गाउँपालिकाका सहसंयोजक अञ्जु जिसीले १० गतेसम्म अन्य काम छोडेर निर्वाचन सफल पार्न आग्रह गर्दै मतदातालाई राम्रोसंग मतदाता शिक्षा दिनका लागि सबै महिलाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिईन् ।

कार्यक्रममा स्थानीय युवा समाजसेवी प्रकाश कुँवरले राष्ट्रियताको संरक्षण र जनताका दैनिक समस्या समाधानमा नेपाली कांग्रेस उदासिन देखिएकाले बामपन्थी गठबन्धनलाई जिताउन जनताहरु इच्छुक रहेको बताए । उनले अबको ५ वर्ष देशमा बामपन्थीको सरकार हुने र त्यो समय देश विकासको महत्वपूर्ण चरण हुने धारणा राखे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *