Menu

नेपाली काँग्रेसको प्रचार अभियान तीब्र : दुबै क्षेत्रमा उमेदवार/कार्यकर्ताहरु चुनावी प्रचारमा सक्रिय !

नारायण रिजाल, बागलुङ २०७४ मंसिर ६ । नेपाली काँग्रेसको चुनावी अभियान अन्र्तगत क्षेत्र १ को चुनावी सभा जिल्लाको नारायणस्थान र अमलाचौरमा सम्पन्न भएको छ । बा.न.पा. १४ नारायणस्थानको कैया, नेपाने, गार्लुङ, र अमलाचौरको सरङगीमा घरदैलो अभियान सहित लोकतान्त्रिक गठबन्धनका टोलीको चुनावी अभियान सम्पन्न भएको हो ।

अभियानको अवसरमा बोल्दै नेपाली काँग्रेस क्षेत्र १ का प्रतिनिधी सभा उम्मेद्वार राज्य मन्त्री चम्पादेवी खड्काले बलेवा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रुपमा लागेको बताइन् । बलेवा विमानस्थल चढेको ग्राउण्डबाट हामी र हामीभन्दा पछिल्लो पुस्ता नियमित रुपमा जहाजबाट ओहोर दोहोर गर्न तत्काल पहल गर्ने बताइन् ।

नारायणस्थानको खानेपानी समस्यालाई लिफिटङद्धारा घर—घरमा धारा निर्माण हुदैँ गएको बताउँदै त्यस्को पहलकदमी काँग्रेसले मात्र गर्ने बताइन् ।

त्यस्तै सो अवसरमा नेपाली काग्रेस क्षेत्र नं १ को २ का प्रदेश सभा उम्मेद्वार प्रकाश शर्मा पौडेलले बलेवा क्षेत्रको विकासका लागि आफु सदैव लागिरहेको बताए ।

उनले अमलाचौरको सरङगीमा स्वास्थ्यको क्षेत्रमा पहुँच पु¥याउनका काँग्रेसका नेता एवं तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाको कार्यकालमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापनका लागि निर्णय भै सकेको हुनाले यहाँको विकासको निम्ती काँग्रेस अगाडि बढ्ने बताए ।

कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष सुरेन्द्र खड्का, नेपाली काग्रेसका महसमिति सदस्य किरणराज पौडले, नेविसंघका केन्द्रिय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधीहरु डिल्लीराम सुवेदी, सागर परियार, धौलागिरी क्याम्पसका उपसभापति बालकृष्ण शर्मा लगायतले नेपाली काग्रेसको रुख चिह्नमा मतदान गरी काग्रेसका उम्म्मेद्वारलाई विजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा राप्रपा र काग्रेसको कार्यकर्ताहरुको उत्साहजनक बाक्लो उपस्थिति रहेको थियो ।

यसैबीच नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ (१) घरदैलो कार्यक्रम काठेखोला—३ धम्जामा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १(१) उम्मेदवार दीपेन्द्रबहादुर थापाले लोकतन्त्रको संस्थागत विकास र गाउँ समाजको विकासका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य खिमानन्द कँडेल, नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य क्याप्टेन हरिबहादुर भण्डारी, क्षेत्रीय सदस्य प्रकाश राना लगायतले नेपाली काँग्रेसको विकल्प नभएको भन्दै रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । धम्जा, हिले घडेरी, ओखले, देउराली सायकटेरा लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

यसैगरी नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेद्धार नर बहादुर पुन निरजले सम्बृद्ध गलकोट आफनो पहिलो प्राथमिता भएको बताएका छन् । गलकोट नगरपालिका वाड नम्बर १ दुदिलाभाटीमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका ह’न ।

पुनले गलकोट प्राकृतिक र सास्कृतिक रुपमा भरिपुर्ण ठाउ भएका कारण यहाँको स्रोत र साधनको अधिकतम उपयोग गरि गलकोटलाई सम्मृद्ध बनाउने बताए । पुनले गलकोट क्षेत्रबाट युवाहरु बिदेशिने क्रम तिब्र भएका कारण युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउने बताए । उनले क्षेत्र नम्बर २ मा शिक्षा, स्वास्थ, खानेपानी लगायतको कार्यलाई अगाडि बढाउने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा १ का उमेद्धार मञ्जेश बम मल्लले घरदैलो अभियानबाट नेपालि काग्रेसको पक्षमा अत्याधिक मत आउने अपेक्षा गरेको बताए । मल्लले नेपाली काग्रेस बिकासप्रेमि पार्टी भएका कारण मतदाताहरुले ढुक्कका साथ मतदान गर्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले लोकतन्त्रको रक्षा र कार्यान्वयनका लागी नेपालि काग्रेसले जित्नु आवश्यक भएको बताउनुभयो । त्यस्तै गलकोट नगरपालिकाका नगरपप्रमुख रेनुका काउचा मगरले क्षेत्र नम्बर २ को बिकासमा काग्रेसले अगुवाई गर्ने बताउदै अगामि निर्वाचनमा ढुक्कका साथ काग्रेसलाई मतदान गर्न आग्रह गर् ि।
त्यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्ण कुबरले बिकास र समृद्धिका लागी काग्रेसले जित्ने दाबि गरे ।

यसअधिका निर्वाचनमा पनि नेपाली काग्रेसले जित हासिल गरेको बताउदै यो निर्वाचनमा पनि काग्रेस नै बिजयी हुने उनको दावी थियो ।

कार्यक्रममा नेपाली काग्रेसका निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक फम खत्री, महाधिबेसन प्रतिनिधि यम श्रीस, मञ्जु शर्मा चालिसे, हिरा काउचा, जनजाति महासंद्यको तर्फदेखि सिताराम पुन लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिका वाड नम्बर १ का सभापति हेम बहादुर खड्काको अध्यक्षता र सचिव धना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अभियान अन्तर्गत गल्कोट नगरपालिका १ को दुदिलाभाटी बजार र थलिङका कार्यक्रम सम्पन्न भएको छ । यसैबिच नेपाली काग्रेस क्षेत्र नम्बर २ को चुनावी कार्यक्रम गलकोट नगरपालिका वाड नम्बर २ नरेठाटीमा सम्पन्न भएको छ । चुनावी अभियान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा उमेद्धार नर बहादुर पुन निरजले नेपालि काग्रेस बिकासप्रेमि पार्टी भएको बताउनुभयो । प्रजातन्त्रलाई आत्मासाथ गर्दै कुरा भन्दा काम आफनो पहिलो प्राथमिकता हुने पुनको भनाई राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले गलकोट क्षेत्रमा नेपाली काग्रेसले बिकासको गति अगाडि बढाईरहेको भन्दै आगामि दिनमा पनि नेपाली काग्रेसले बिकासको अगुवाई गर्ने बताए ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, क्षेत्रीय सभापति दोण कुबर, महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, यम श्रीस, प्रचार प्रसार संयोजक ढालिन्द्रप्रसाद गौतम, क्षेत्रीय उपसभापति राम बहादुर खत्री, गलकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हेमन्त भण्डारी, वाड सदस्य घनश्याम कुबर, बिष्ण बिक, र दुर्गा भण्डारी लगायतको सहभागिता रहेको थियो ।

नेपाली काग्रेस प्रदेश सभा (ख) उमेदवार जितबहादुर शेरचनले पार्टीका नेता कार्यक्रता सँगको समुहसँगै भएपनी जनताको घरघरमा पुगेर एकपटक यसक्षेत्रको मुहार फेर्ने अभियानमा साथ दिन अपिल गरीरहेका छन् । आफु यसै क्षेत्रको ब्यतिm रहेको र यस क्षेत्रको बिकास कसरी गर्ने, कसरी अगाडि बद्ने पुर्णभिजन भएका कारण सबैको साथ र सहयात्रा संगै अगाडि बद्नमा आफुलाई साथ दिन मतदातालाई अपिल गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *