निसीको याङ्म्याङ्मा सेनाको वम डिस्पोजल टोलीव्दारा एउटा सुतलीबम निष्क्रिय !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७४ मंसिर ६ । मंगलबार बागलुङको निसिखोला गाउपालिका प्रमुख तारानाथ पौडेल सहितको टोलीलाई लक्षित गरी फालिएको एउटा मिसफायर भएको सुतली वम बुधबार नेपाली सेनाको वम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

मंगलबार चुनावी प्रचारको क्रममा निसीखोला- ३ याङम्याङ गएर फर्किएका निसीखोला गाउपालिका प्रमुख तारानाथ पौडेल सहित नेपाली काग्रेस वडा नं ३ का सभापती राजमान बुढा लगाएतको टोलीलाई जँगलको बिचमा झिवाखोला बजारतर्फ फर्कने क्रममा हिड्दै गरेको अबस्थामा माथिदेखि अपरिचित समुहले वम फालेको र फालिएको स्थानदेखि भिरालो जमिन भएका कारण एक वम हिजोनै केहि तल गएर पड्किएको र अर्का एउटा मिस फायर भएर नपड्किएको सुतली वम आज बिहान डिस्पोजल टोली घटना स्थलमा पुगेर डिस्पोज गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *