Menu

प्रहरी उपरीक्षक खापुङको बिदाई जारी : नयाँ प्रहरी उपरीक्षकमा हिमालय कुमार श्रेष्ठ आउने !

डम्मर बुढा मगर, बागलुङ २०७४ मंसिर ६ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङेको सरुवा भएको छ । जिल्ला प्रहरी कर्यालय बागलुङको नयाँ प्रहरी उपरीक्षकमा प्रहरी प्रधान कार्यालय काठमाडौबाट हिमालय कुमार श्रेष्ठको स्थानान्तरण भएको छ ।

प्रहरी उपरीक्षक खापुङको सरुवा भए लगत्तै बिभिन्न संघसंस्था एवं सरकारी निकायबाट बिदाईका कार्यक्रमहरु जारी रहेका छन् । सुरक्षा निकाय, जिल्ला ब्याटमिन्टन संघ, आदर्श सहकारी संस्थाहरुबाट प्रहरी उपरीक्षक खापुङको बिदाई कार्यक्रम सम्पन्न भएका छन् ।

यसैक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ शाखाले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख खापुङलाई एक समारोहवीच विदाई गरेको छ । बिदाई कार्यक्रमा बोल्दै प्रहरी उपरीक्षक खापुङले बागलुङमा रहँदा सबैको साथ र सहयोगले शान्ति सुरक्षा कायम गर्न सहज भएको उल्लेख गर्दै सबै क्षेत्रमा आफुले सकेसम्म समन्वय गरेर काम गरेको अनुभव सुनाए । स्थानीय तहको चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न पाउँदा आफुलाई खुसी लागेको उनको भनाई थियो ।

संगठनका अध्यक्ष राजबहादुर थापाले बागलुङमा शान्ति सुरक्षा कायम गर्न र समाजमा हुने गलत क्रियाकलापहरुलाई निरुत्साहित बनाउन प्रहरी उपरीक्षक खापुङ सफल रहेको बताउदै आगामी दिनहरुमा पनि सफलता मिलोस भन्ने शुभकामना दिएका थिए ।

बिदाई कार्यक्रमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य रतन मलेपतीले बोल्दै प्रहरी उपरीक्षक खापुङले आफ्नो कार्यकालमा बागलुङको सबै क्षेत्रमा राम्रो सुरक्षा दिएको बताए भने संगठनका प्रदेश उपाध्यक्ष अर्जुन चोखालले बोल्दै एसपी खापुङले स्थानीय चुनावलाई भयरहित तरीकाले सम्पन्न गराएको र अन्य अवैध लागु पदार्थ ओसार पसार नियन्त्रण लगाएतका कार्य सफलताका साथ सम्पन्न गरेकोमा प्रशंसा समेत गरे ।

कार्यक्रमा संगठनका अध्यक्ष थापाको अध्यक्षता र कोषाध्यक्ष मनोज थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *