Menu

मौन अवधिमा पैसाको चलखेल र भोजभतेरलाई रोकेर मतदाता शिक्षा दिनुपर्नेमा आयुक्त पौड्यालको जोड !

कोपिला कंडेल, बागलुङ २०७४ मंसिर ६ । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्यालले आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनलाई धेरै खर्चिलो नगराउन राजनितिक दलहरुलाई आग्रह गर्दै निर्वाचनको मौन अवधिमा हुने पैसाको चलखेल र भोजभतेरलाई रोकेर मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन अनुगमनका सिलसिलामा आज बागलुङ आएका आयुक्त पौड्यालले निर्वाचनमा हुने खर्च कम गर्नका लागि निर्वाचन आयोगले दुबै निर्वाचन एकैचोटी गराउने निर्णय गरेकोले दलहरुले पनि खर्च कटौती गर्नुपर्नेमा दिए । नेपाल जस्तो गरिब मुलुकमा चुनाव जित्नकै लागि करोडौ खर्च गर्नु गलत हो पौड्यालले भने ,त्यसको लागि दलहरु सचेत बन्नुपर्दछ ।

उनले निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै सरोकारवाला एक हुनुपर्ने बताए । निर्वाचनलाई प्रभावकारी बनाउनका लागि आचारसंहिताको पालना हुनुपर्दछ निर्वाचन आयुक्त यादवले भने त्यसको लागि निर्वाचन संग सम्बन्धीत सबै पक्ष सकरात्मक बन्न जरुरी छ ।

उनले निर्वाचनको समय बाह्य जिल्लाबाट हुने चलखेललाई रोक्नका लागि प्रहरी प्रशासनलाई सीमा सुरक्षालाई चुस्त बनाउन सुझाब दिए ।

कार्यक्रममा निर्वाचनको मुखैमा आएर बागलुङका प्रहरी प्रमुखको सरुवा गरेर राज्यपक्षले नै आचारसंहिताको उल्लंघन गरेको भन्ने सहभागिको प्रश्नको जवाफ दिदै आयुक्त पौड्यालले एक दुईजना कर्मचारीको सरुवा हुदैमा निर्वाचनमा कुनै असर नपर्ने बताए । उनले गृहमन्त्रालयले स्थानको सुरक्षा संबेदनशीलताको बिषयलाई लिएर गृहमन्त्रालयले सरुवा गरेको हुनसक्ने धारणा ब्यक्त गर्दै परोक्षरुपमा यसलाई आचार संहिता विपरीत लिन नहुने सन्देश समेत दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि पुर्णरुपमा सुरक्षा ब्यवस्था कडा पारिएको हुदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका थिए । उनले आजदेखी मतदान केन्द्रमा मतदान अधिकृत सहायक मतदान अधिकृत लगायत सुरक्षाकर्मी र कर्मचारीको टिम खटाईसकेको जानकारी दिए ।
उनले जिल्लाका ४२ मतदान केन्द्र संबेदनसिल र ६१ मतदान केन्द्र सामान्य रहेकाले सोही अनुसारको ब्यवस्था मिलाईएको बताउदै अन्य जिल्लाबाट हुने चलखेललाई रोक्नका लागि चेकपोष्ट राखी सुरक्षा ब्यवस्थालाई मजबुत बनाएको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *