प्रहरी उपरीक्षक खापुङको सरुवा : प्रहरी र सहकारीको सहकार्य स्मरणयोग्य !

बागलुङ, २०७४ मंसिर ६ । प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले समाजमा बढ्दै गएको दुर्व्यसन नियन्त्रणका लागि सहकारीसंग मिलेर गरेको सहकार्य सधै स्मरण आइरहने बताएका छन् ।
सरुवा भएर मन्त्रालय जान लागेका प्रहरी उपरीक्षक खापुङको बिदाईमा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले युवा पुस्तामा बढ्दै गएको दुव्र्यसन नियन्त्रणका लागि आमाहरुको बढी प्रभावकारिता रहने भन्दै सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु नामक अभियान प्रभावकारी रहेको बताए ।

गत आर्थिक वर्षमा संस्थाले जिल्ला प्रहरी कार्यालयसंगको सहकार्यमा बागलुङ नगरपालिका र आसपासका विभिन्न ठाउँमा २४ वटा सचेतनामुलक कार्यक्रम गरेको स्मरण गर्दै एसपी खापुङले सहकारीहरुले पनि समाज रुपान्तरणका क्षेत्रमा यसरी काम गर्न सक्छन् भन्ने कुरा आफुले पहिलो पटक बुझ्न पाएको बताए ।

सहकारी भन्दासाथ पैसा उठाउने र लगानी गर्ने भन्ने बूझ्ने समाजमा सहकारी आर्थिक विकाससंगै सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटो हो भन्ने कुरा आम जनता र नीति निर्माताहरुलाई बुझाउन सके देशमा धेरै छिटो परिवर्तन हुने उनको भनाइ थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार मनकुमारी केसी जिसी र सल्लाहकार डिलबहादुर कार्कीले सहकारी मार्फत सञ्चालन गरिएको कार्यक्रम सफल पार्न गरेको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकारी क्षेत्रसंगको समन्वयलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रम संस्थाकी उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, सञ्चालक थानेन्द्रप्रसाद गौतमको सञ्चालन र सञ्चालक शान्ति ज्ञवालीको स्वागतमा सम्पन्न भएको थियो ।

संस्थाले २०८० सालसम्मका लागि रणनीतिक योजना निर्माण गरी यो क्षेत्रको उत्कृष्ट सञ्चार गृहका रुपमा स्थापित गर्ने लक्ष्य लिएको संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *