Menu

सात सय बगाले थापा समाजले कुल पूजा मंसिर १२ गते गर्ने

थम्मन थापा सन्देश, गल्कोट २०७४ मंसिर ६ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका-७ मल्मको भेला सम्पन्न भएको छ । भेलाले मंसिर १२ गते हुने कुल पुजालाई परम्परागत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । भेलाको अवसरमा कुल पुजाको पुर्व सन्ध्यामा उठाईने सामुहिक तोरी संकलन गरिएको छ ।

सो अवसरमा बगाले थापा समाजका पुर्व केन्द्रिय प्रतिनिधि बेलु थापा, सातसय बगाले थापा समाजका संरक्षक तथा गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिका बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा बगाले थापाबाट जिल्ला समन्वय समितिमा निर्वाचित दल बहादुर थापा, जनप्रतिनिधि वडा अध्यक्षहरु सुवेदार टिका बहादुर थापा, कर्ण बहादुर थापा, बम बहादुर थापा, कलाकारिता मार्फत समाजमा अगाडी बढेको भन्दै लोक तथा दोहोरी गायक वसन्त थापा, गायक एवं मोडल दुर्गेश थापा, पत्रकारिता मार्फत अगाडी बढेको भन्दै पत्रकार राम थापा अविरल, थम्मन थापा सन्देश, उषा पौडेल थापा, ओम थापालाई अभिनन्दन गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रत्येक कुल पुजामा प्रकाशन गर्दै आएको स्वाभिमान बुलेटिन प्रकाशन गर्न समाजका पुर्व सहसचिव तथा पत्रकार थम्मन थापा सन्देशलाई प्रधान सम्पादकको जिम्मा प्रदान गरेको छ । समितिको सदस्यमा सचिव केहरसिंह थापा र केन्द्रिय प्रतिनिधि छुम बहादुर थापा रहनुभएको छ । आजै मल्म स्थित कुल मन्दिर परिसरमा मुल पुरुष कालु थापाको शालिक समेत स्थापना गरिएको छ । भेला सातसय बगाले थापा समाजका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, केन्द्रिय प्रतिनिधि छुम बहादुर थापाको स्वागत र सचिव केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *