Menu

रत्यौलीमा नाच्दै भोट माग्दै…

रामबहादुर जीसी, बागलुङ २०७४ मंसिर ५ । प्रचार प्रसारका क्रममा मंगलवार बामगठबन्धनका प्रतिनिधी सभा सदस्यका उमदवार डा सूर्य पाठक बागलुङ नगरपालिका वडा नं. ७ मा थिए । प्रदेशसभाका उमेदवार इन्द्रलाल सापकोटा सहित अभियानमा रहेका पाठकलाई स्थानीयले घरदैलो गराउन अगाडि बढाए । संसारकोट नजिकै बउलुङमा प्रचार गर्दै जाँदा प्रतिनिधिसभाका उमेदवार पाठक विवाह भैरहेको घरमा पुगे । घर घरमा पुगेर मत माग्ने उमेदवारलाई वैवाहिक कार्यक्रममा जम्मा भएका मतदाताहरु भेटेपछि उत्साह थपिने नै भयो ।

दुलाहा सहित जन्ती दुलही लिन बलेवा गएको जानकारी पाएका पाठकले आफ्नो गाउँकी चेलीलाई बुहारी बनाउन लागेको भन्दै दुलाहाकी आमासंग नातो लगाउन समेत भ्याए । उनले महिलाहरुको ध्यानाकर्षण गराउदै भने हाम्री चेलीलाई बुहारी बनाउने हुनु भएछ, राम्रोसंग पाल्नु होला ।

मत मागेर हिड्न लागेका पाठकलाई दुलाहाकी आमा जमुना गौतमले नाच्न अनुरोध गरिन्, हतार भएको भन्दै विदा मागेका उनलाई रत्यौलीमा जमेका दिदी बहिनीहरुले ननाची सुखै दिएनन् । उनीहरुले हे माया बोल न बोल, यति धोका थिएन, भेट हुन ………..भन्दै रत्यौली गाउन थालेपछि डा.पाठकले उनीहरुलाई नाचेर साथ दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *