चरौंदीमा तोडफोड अवस्थामा भेटिएको मोटरसाईकल धनी बिबेक चौधरी सम्पर्कविहीन !

घनश्याम गौतम, गल्कोट २०७४ मंसिर ५ । गल्कोट नगरपालिका वाड नं-६ को चरौदीँमा आज बिहान तोडफोड भएको अबस्थामा भेटिएको मोटरसाईकल धनी बिबेक चौधरीको भएको भरखर मात्र खुलेको प्रहरीले जनाएको छ ।

चरौंदीबौर स्थित रातो कालो रङ्को ध १ ज २८५२ नम्बरको २ सय २० सि सिको मोटरसाईकल तोडफोड भएको अबस्थामा बाटोको साईडमा भेटिएको स्थानियले जानकारी दिएपछी यस सम्वन्धमा प्रहरीले मोटर साइकल र त्यस्का मालिकको खोजतलास गरिरहेको थियो ।

आज बिहान ७ बजेको समयमा तोडफोड भएको अबस्थामा बाटोमै उक्त मोटरसाईकल भेटिएपछि स्थानिएले इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

सो मोटरसाईकलको अगाडिको भाग, साईड लाईट भाईजर हेलमेट लगाएतका पार्टपुुर्जा खेतमा फालिएको अबस्थामा भेटिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सो मोटरसाईकल र बिभिन्न पार्टसहरु इलाका प्रहरी कार्यालय हरिचौरमा राखी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी निरिक्षक अर्जुनध्वज अधिकारीले बताएका थिए ।

भर्खरै प्राप्त जानकारी अनुसार मोटरसाईकल धनी गल्कोट नगरपालिका बाड नं ६ कै जंगरा निबासी बिबेक चौधरीको रहेको खुलेको हो । चौधरीले जंगरामा औषधी पसल सञ्चालन गदैं आएका र आज बिहान ७ बजे बागलुङ जान भनेर हिडेको बताइएको छ ।

चौधरी अहिले सम्पर्क बाहिर रहेको र निरन्तर सम्पर्कको प्रयास भैरहेको ईलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक अधिकारिले जनाकारी दिए । मोटर साइकलको अवस्था र यसका मालिक चौधरी सम्पर्कविहीन ह’नाले घटना रहस्यमय भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *