नाम्दुकका युवा बाम गठबन्धनमै फिर्ता

अर्जुुन शर्मा, बागलुङ २०७४ मंसिर ५ । केही दिन अघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका बागलुङको राङखानी नाम्दुकका युवाहरु पुनः बाम गठबन्धनमा नै फर्किएका छन् ।
शनिबार मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानी नाम्दुकका वीरेन्द्र पुन लगायतको समुह बाम गठबन्धनमै फर्किएका हुन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य लिलाबहादुर थापाले अविर लगाएर स्वागत गरेका थिए ।

यसैवीच बाम गठबन्धन बागलुङ क्षेत्र न. १ (ख) प्रदेश सभा सदस्यका उमेदवार कृष्ण थापाले यस पटकको चुनावमा जनताले भोट अन्त खेर नफाल्ने विश्वास व्यक्त गरेका छन् ।
थापाले अहिलेको जनमाहोल बाम पक्षमा रहेको बताउँदै बाम उमेदवार बाहेक अन्यलाई मत हालेर मतखेर नफाल्ने विश्वास व्यक्त गर्नु भयो । यस पटकको चुनाव बाम गठबन्धनले जित्ने विश्वास व्यक्त गर्दै बाम गठबन्धन बाहेकलाई हाल्ने मत खेर जाने समेत उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमालेका लिला राना, नेकपा माओवादी केन्द्रका सकसबहादुर क्षेत्री, अखिल भारत नेपाली एकता समाजका पुर्व नेता केबि थापा, युवक संघका सञ्जाल शर्माले बोलेका थिए ।

जैमिनी नगर पालिका वडा न. ४ का वडा अध्यक्ष एवं एमाले नेता चक्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य लक्ष्मी किसान र सञ्चालन चन्द्र बहादुर केसीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *