बागलुङ जिल्लाको दुई नम्बर क्षेत्रलाइ सिधै सिहदरवार संग जोड्छु – पौडेल

बबिता शर्मा, गल्कोट २०७४ मंसिर ५ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ का बामगठबन्धनबाट प्रतिनिधि सभाका साझा उमेदवार देबेन्द्र पौडेलले समृद्ध बाग्लुङको जिम्मा लिएर गृह जिल्ला आएको बताए । विद्यार्थी जीवनमा जिल्लामा रहेर काम गरेता पनि पछि पार्टीले केन्द्रिय राजनीतिको जिम्मा दिएको भन्दै अहिले गृह जिल्लामा विकासको जिम्मा दिएर आफुलाइ पठाएको उनको भनाई थियो । ३७ बर्से राजनीतिक इतिहासमा समग्र देशको विकासका लागि पार्टीको जिम्मेवार पदमा रहि भुमिका निर्वाहा गरेको भन्दै अब पश्चिम् बाग्लुङलाइ सिधै सिहदरवार सग जोडी समग्र विकासका लागि आफू पुर्ण प्रतिबद्ध भएर लाग्ने बताए।

संयुक्त वामगठबन्धनले आज ताराखोला गाउपालिका ज्ञनम्बर वार्डको अमरभुमीमा गरेको चुनावी सभामा बोल्दै उमेदवार पौडेलले बागलुङको पश्चिम् क्षेत्र पछि पर्नुको मुख्य कारण यहाँका समस्या केन्द्रिय तहमा पुग्न नसकेको भन्दै अब त्यस्तो अवस्था नआउने बताए। विगतमा आफू केन्द्रिय राजनीतिमा हुँदा पनि जिल्लाको विकासका लागि आफ्नो महत्त्वपूर्ण भुमिका रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार मुख्य प्राथमिकतामा रहेको भन्दै सबै दलित, जनजाति, महिला, अल्पसंख्यक, पिछडिएको वर्गका अधिकारको लागि लड्न केन्द्र र प्रदेशमा वामपन्थीको सरकार आवश्यक रहेको हुँदा वामपन्थीका साझा उमेदवार लाई बिजयी गराउन आग्रह गरे । सबै क्षेत्र र वर्गको अधिकारका लागि अहिलेसम्म वामपन्थी हरुको भुमिका रहेको भन्दै अब पनि आफुहरुनै लड्ने उनको भनाइ थियोे ।

कार्यक्रममा बोल्दै पौडेलले २ नम्बर क्षेत्रका जनताले एक पटक आफुलाइ काम गर्ने मौका दिन आग्रह गर्दै उनले अब समृद्ध बाग्लुङको लागि एक्लै होईन हामी तीन पार्टी मिलेर आएको बताए । पौडेलले जनयुद्ध र अन्य समयमा जिल्लाका कुना काप्चा सबै पुगेको हुँदा यहाँका हरेक समस्या सग म परिचित छु भन्दै पौडेलले अब २ नम्बर क्षेत्रका जनता ढुक्क भएर आफू लगायत वामगठबन्धनका साझा उमेदवार लाई जिताउन आग्रह गरे ।

धेरै बर्ष यो देशमा काङ्ग्रेसले सरकारको नेतृत्व गर्दा देशले निकास पाउन नसकेको भन्दै हामी वामपन्थीहरु आफ्ना सबै स्वार्थ छाडेर एक ढिक्का भै जनता माझ आएका छौ भन्दै पौडेलले अब देश र जनताको भावना, मर्म बुझेर जनताको जिवनमा आमूल परिबर्तन ल्याउने भनेको वामपन्थी नेतृत्वको सरकारले हो । वामपन्थी पार्टीहरु मिलेर आउँदा विपक्षीहरु चुनावमा जनतालाई विभिन्न लोभ लालच देखाउदै भ्रमित पारेको भन्दै जनता भ्रममा नपरी सचेत भै वामगठबन्धनलाइ मत दिएर जिल्लाको दीर्घकालीन विकासका काममा हातेमालो गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा वामगठबन्धनबाट प्रदेश सभा सदस्यका साझा उमेदवार चन्द्र बुढा सागरले केन्द्र देखी प्रदेशसम्म वामपन्थीको सरकार बन्ने दिन अब धेरै टाढा नरहेको बताए । विगतमा पटक पटक काङ्ग्रेसलाई जिताउदा यो क्षेत्रको विकासका एजेन्डाले कहिलै प्राथमिकता नपाएको भन्दै अब जनताले फेरि त्यो गल्ती दोहोराउनु हुने छैन उनको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज फमलाल निउरे, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सन्जय श्रेष्ठ, प्रदेश समानुपातिक उमेदवार धन बहादुर विक ू हिमालू , समानुपातिक उमेदवार दिलमाया रोका गौतम, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती, विद्यार्थीनेता पदम खत्री,यम बहादुर श्रीस, सरिता श्रीस लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम जनक घर्तीको अध्यक्षता र टेक बहादुर श्रीसको स्वागत, देव घर्तीको सचालनमा सम्पन्न भएको थियो ।

यसैबीच मंगलबार बिहान पौडेलले गलकोट नगरपालिका ३ हटिया बजारमा घरदैलो तथा जनभेटघाट गरे । भेटको क्रममा पौडेलले भनें स्थायी सरकार, शान्ति अमनचयन, गणतन्त्रको रक्षा, संविधान कार्यन्वयन र समग्र बागलुङ क्षेत्र नं २ को विकासको निम्ति आफु प्रतिवद्व रहने बताए । प्रदेश सभा उम्मेदवार चन्द्र बुढा सागरले लोकतन्त्र, विकास र समृद्वि सॅगै बाम एकता नयाॅ अध्यायको सुरुवात भएको बताए । हटिया बजारका घरघरमा पुगेका पौडेल र बुढालाई मतदाताले समग्र गलकोट क्षेत्रको विकास र समृद्विमा लाग्न सुझाव दिदैं आफूहरुले बामगठबन्धनलाई निर्वाचनमा सहयोग गर्ने आश्वासन दिएका छन ।

स्थानियबासीले मध्यपहाडी लोकमार्गको स्तरोन्नति, घुम्टे लेकलाई पर्यटन क्षेत्र निर्माण, शिक्षा, सुविधा सम्पन्न अस्पताल लगायतका कुरामा विशेष ध्यान दिन आग्रह गरेको थम्मन थापाले जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *