गाउँ ठाउँको विकास नै आफनो पहिलो प्राथमिकता : दिपेन्द्र थापा

प्रदिप पन्त, बागलङ २०७४ मंसिर ५ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेपाली काग्रेसकाले चुनावी अभियान तिव्र पारेको छ । नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र न १ का उम्मेदवारहरुले काठेखोला गाउ“पालिका १ चनौटे र दोबिल्लामा घरदैलो एवं चुनावी अभियान गरेको छ ।

घरदैलो कार्यक्रममा प्रदेश सभा क्षेत्र न १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले गाउ“ ठाउको विकास नै आफनो पहिलो प्राथमिकता हुने बताए । गाउ टोलको शिक्षा, स्वास्थ्य, रोजगार,आर्थिक समृद्धि र समग्र विकासको लागि आफनो उम्मेदबार रहेकोले विजयी हुनेमा ठुक्क रहेको बताउदै सबैको सहयोग र साथले नै नेपाली काग्रेस अगाडि बढेको र आगाामी दिनमा पनि थप लाग्ने उनले बताए ।

घरदैलो कार्यक्रममा महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, जिल्ला सदस्य खिमानन्दा पौडेल,वडा अध्यक्ष खडक थापा,नेविसघंका नेता बिष्णु पौडेल,क्षेत्रीय सदस्य प्रकाश राना,भुपु सैनिक सघंका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारी क्षेत्रीय प्रतिनिधि नवराज थापा,क्रियाशिल सदस्य ससिला थापा,रनबहादुर थापाको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *