बागलुङमा श्रृङ्खलाबद्ध बम विष्फोट : निसीको याङ्म्याङ्मा काँग्रेसको चुनाव प्रचार टोलीमाथी बम प्रहार

राम सुवेदी, बुर्तिवाङ २०७४ मंसिर ५ । चुनावी प्रचार अभियान अन्तरगत निसीखोला गाउँपालिकाको याङ्म्याङ् पुगेको काँग्रेस प्रचार टोलीमाथि आज बम प्रहार भएको छ । याङ्म्याङ् गाउँमा चुनावी प्रचार सकेर गाउँको तलपट्टी रहेको कालझुण्डी भन्ने स्थानमा जंगलको बाटो हिडिरहेको टोलीमाथि बम प्रहार गरिएको बताइएको छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल सहितको चुनावी प्रचार टोली झिवाखोला तर्फ फर्कने क्रममा जंगल नजिकैबाट रुखमा फालिएको बम सडकदेखि तल झरेर पड्किएको गाउँपालिकाका अध्यक्ष पौडेलले जानाकारी दिए । उक्त स्थानमा केही दिन अघि विप्लव समुहको नेकपाका कार्यकर्ताले चारजना महिला मतदाता शिक्षा कर्मचारीलाई घेराहाली उनिहरुसँग भएको नमुना मतपत्र र पोस्टर जबरजस्ती खोसेर च्यातेका थिए । आज भएको बम प्रहार कस्ले गरेको भन्ने थाहा नभएपनि आशंका भने सोही समुह प्रति रहेको प्रहरीले जनाएको छ ।

प्रचार टिममा निसीखोला गाउँपालिका वडा नं. ३ का पार्टी सभापति राजमान बुढा र रेशम शाही रहेको अध्यक्ष पौडेलले बताए ।

जिल्लामा बम विष्फोटका घटनाहरु दिनका दिन भइरहेका छन् । कात्तिक ३० गते गल्कोट हटियामा भएको बामगठबन्धनको बृहत् आमसभामा बम बिष्फोट गराईएको थियो भने त्यस्को तीन दिन पछी बडीगाड गाउपालिका न्वारमा वडा अध्यक्षको निवास नजिक स्थानीयले शंकाष्पद बस्त देखेपछी प्रहरीलाई खबर गरेका थिए । सेनाले न्वारमा फेलापरेको शंकास्पद बस्तु सुतली बमभएकोले निष्कृय पारेको थियो ।

हिँजो राति करिब ११ बजेको समय बागलुङ नगरपालिका- २ लालिगुराँस चोक स्थित राज्यमन्त्री चम्पादेवी खडकाको निवासमा बम विष्फोट भएको छ । बिष्फोटनका समय राज्यमन्त्री खड्का निवासमा छलफलमा थिईन् । सोही समयमा बम बिष्फोट भएको थियो । भाग्यवस बम बिष्फोटबाट मानवीय क्षती नभएपनि २४ सै घण्टा सुरक्षा घेरा रहने मन्त्री निवास र मन्त्री खड्काको सुरक्षामा देखिएको कमजोरी चर्चाको विषय बनिरहेको मौकामा निसीमा भएको बम बिष्फोटको घटना थप चिन्ताको विषय बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *