जनताको मत पैसाले किन्ने प्रयत्न गरिए प्रतिकार गर्न जनतालाई थापाको आह्वान !

विजय राना, बागलङ २०७४ मंसिर ५ । बाम गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र न १ (ख) पदेश सभा सदस्यका उमेदवार कृष्ण थापाले निर्वाचनको मुखमा आएर जनताको मत पैसाले किन्ने प्रयत्न हुन थालेको भन्दै त्यसको प्रतिकार गर्न आह्वान गरेका छन् ।
जैमिनी नगर पालिका वडा न. ५ बिनामारेमा भएको चुनावी भेटाघाट तथा घरदैलोका क्रममा थापाले जनताको अमुल्य मत पैसाले किन्ने प्रयत्न भइरहेको बताउँदै सचेत जनताले प्रतिकार गर्नु पर्ने बताए ।

पैसाको भरमा चुनाव जित्नेहरु चुनाव पछि पैसा असुल गर्नमा लाग्ने भएकाले त्यस्ताबाट विकासको अपेक्षा गर्न पनि नसकिने थापाको भनाई थियो । थापाले पैसाले मत किन्नु निर्वाचन आचार संहिता विपरित हुने बताउँदै त्यस तर्फ ध्यान दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आग्रह गरे ।

थापाले बाम गठबन्धनका उमेदवारहरु जनताका इमानदार सिपाइ भएकाले पैसाको पछि नलागि बाम गठबन्धनका उमेदवारलाई मतदान गर्न समेत आग्रह गरे ।

अभियानकै क्रममा बिनामारेबाट नेपाली कांग्रेसका २ दर्जन भन्दा बढि कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन् ।
उमेदवार थापाले जनमोर्चामा प्रवेश गर्नेहरुलाई सदस्यता प्रदान गर्नु भएको थियो । कार्यक्रम अखिल नेपाल युवक संघ जैमिनी नगर पालिका ५ बिनामारेका अध्यक्ष हरि पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *