साताको तस्वीर : तारघाटको दुर्दशा !

बागलुङ जिल्लाका पश्चिम भेगका गाउँघरका खोला नालाहरुमा तारघाटको अवस्था दयनीय छ । विद्यालय पढ्न जाने बालबालिका देखी खेती किसानी गर्ने स्थानीयहरु तरघाटको समस्या संग दिनहुँ जुझिरहेका छन् । कतै ढलेको रुख तेर्साएर त कतै बाँस पसारेर खोला वारीपारी गर्ने चाँजो मिलाउने गर्छन स्थानीयवासी । उनिहरुको यो दैनिकी हो ।

ठुलाबडा नेता भद्रभलाद्मी समाजसेवी भनाउँदाहरुको नजर यता परेजस्तो छैन, न विद्यालय र क्लबहरुको वार्षिकोत्सवमा दक्षिणा बाँड्दै हिँड्नेहरुकै दृष्टि यहाँ परेको देखियो । पीडितहरुको बलबुताले समस्या समाधानको उपाय छैन । कुनै आँखा नफुटेको आउला र यो समस्या समाधान गरिदेला भन्ने आशामा रहेका छन, स्थानीयवासी ।

प्रस्तुति: राम सुवेदी,
बुर्तिवाङ २०७४ मंसिर ५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *