संघिय समाजवादी फोरमका प्रदेश उम्मेदवार बाम गठबन्धनमा प्रवेश

थम्मन थापा सन्देश, गल्कोट २०७४ मंसिर ४ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिए सॅगै बागलुङमा चुनावी कार्यक्रमलाई बाम गठबन्धनले तिव्र पारेको छ । आज मात्रै एकै दिन बागलुङ क्षेत्र नं २ को प्रदेश क अन्तरगत गलकोट नगरपालिकामा ३ ठाउमा चुनावी सभा गरिएको छ । गलकोट नगरपालिका वडा नं ४ हटिया डाॅडाखेत, वडा नं २ नरेठाॅटी र वडा नं १ दुदिलाभाटीमा चुनावी सभा सम्पन्न भएको छ ।

दुदिलाभाटीमा आयोजित चुनावी सभामा संघिय समाजवादी फोरम बागलुङ क्षेत्र नं २ क का प्रदेश उम्मेदवार वीर बहादुर नेपाली बाम गठबन्धनमा प्रवेश गरेका छन । उनले देश बाम गठबन्धनमय भईसकेको र राष्ट्रको समृद्वि विकासमा बाम शक्ति अग्र पंक्तिमा रहेको भन्दै पार्टी परित्याग गरेको बताए । बडिगाड गाउपालिका वडा नं ९ दर्लिङ घर भएका नेपाली आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहेका छन । उनलाई नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार देबेन्द्र पौडेल, प्रदेश सभा उम्मेदवार चन्द्र बुढा सागर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संयुक्त रुपमा अबिर र माला लगाएर बाम गठबन्धनमा स्वागत गरेका थिए । चुनावी सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार टंक केसी, नेकपा एमालेका गलकोट नगर समितिका अध्यक्ष डम्मर श्रीस र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरेले मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *