Menu

बागलुङ सदरमुकाम स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट !

बागलुङ २०७४ मंसिर ५ । राज्यमन्त्री एवं नेपाली काँग्रेसबाट बागलुङ क्षेत्र नं १ की प्रतिनिधी सभा सदस्यकी उमेदवार चम्पादेवी खड्काको निवासमा मंसिर ४ गते रातिको समयमा बम बिष्फोट भएको छ । बागलुङ बजारको लालीगुराँस चोक स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो । बम विष्फोटनबाट कुनै मानवीय क्षती भएको छैन ।घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षेती पुगेको छ ।

निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिएपनि त्यस्को पुष्टी भने नभैसकेको श्रोतले बतायो ।

गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभामा पनि बम बिष्फोटन गराईएको थियो भने बडीगाड गाउपालिका २ न्वारमामा वडा सदस्यको निवास नजिकै फेला परेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको थियो ।

तस्वीर-फेसबुक ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *