Menu

दरमखोला हाइड्रो इनर्जी कम्पनी अन्ताराष्ट्र्रिय समिति जापानको अन्तक्रिया कार्यक्रम सम्पन्न

मेघराज रिष्मेली, जापान २०७४ मंसिर ४ । बागलुङ जिल्लाको गल्कोट नगरपालिका वार्ड न ९ मा निर्माण हुन लागेको दरमखोला हाइड्रो इनर्जी कम्पनी लिमिटेड अन्तराष्ट्रीय प्रचार प्रसार समिति जापानले टोकियोको सिनओकुबो स्थित नेपाली दरबार रेष्टुरेन्टमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। समितीका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा बसेको उक्त कार्यक्रममा जापानको टोकियो, खानागाँवा, चिबा, साइतामा, ओसाका लगायतका क्षेत्रहरुमा रहेका लगानी कर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

उपस्थितहरुमा शालिकराम सापकोटा, बाबुराम सापकोटा,तिर्थ सापकोटा,टिकाराम खरेल,हरिलाल सापकोटा,रुद्र लाल निउरे,टिकाराम शर्मा,तुलसी राम कडेल,बिष्णु प्रशाद कडेल,भुवानाथ खरेल,बुद्धिमणि कडेल,दण्ड के०सी०,यमलाल सापकोटा,ओम प्रकाश सापकोटा लगायत रहेका थिए।

परिचयात्मक कार्यक्रमका साथै उपस्थित सम्पुर्णले पालै(पालो हाइड्रो इनर्जी र अहिले सम्मको यसको प्रगति सम्बन्धि पालै(पालो आफ्ना प्रश्नहरु,जिज्ञासाहरु, सल्लाह ,सुझाबहरु र भावी दिनमा जापानबाट चाल्नु पर्ने क़दमहरुको बारेमा विचार व्यक्त गरेका थिए।

यसरी बिभिन्न बक्ताहरुले बोल्ने क्रममा पुर्ब बक्ताहरुले राखेका जिज्ञासा र प्रश्नहरुमा आफ्नो पनि धारणा राख्ने र अन्य जिज्ञासा र प्रश्नहरु थप्दै जाने क्रम चलेको थियो। उपस्थित सबैको जिज्ञासा र प्रश्नलाइ संबोधन गर्दै हालसालै नेपालको संम्बन्धित क्षेत्रमा गइ बिस्तृत अध्ययन र अवलोकन गरि आएका ब्यक्तित्व एबं प्रचार(प्रसार संयोजक तीर्थ सापकोटाले कम्पनीले गर्नु पर्ने सम्पुर्ण काग़जी प्रकृयाहरु पुरा गरि अब बैकबाट रिणलिने प्रकृया अन्तिम चरणमा पुगेको, बैंकले रिण दिनको लागि सहमति जनाइ सकेको,डम्पिङ् साइट सम्म आबत(जाबत गर्नको लागि मुल सड़कबाट साखा सड़क बनाउने काम अघिबढेकोले नेपालमा हुन लागिरहेको प्रान्तिय र संसदीय चुनाब सम्पन्न हुना साथ कामको लागि टेन्डर प्रकृया तुरुन्तै अघाडि बढाइने भन्ने जानकारी आफुले पाएको कुरा बताए। साथै उनले अहिले सम्म कम्पनीले गरेका अन्य कार्यहरुको बारेमा पनि प्रष्ट पारेका थिए ।

त्यस्तै अध्यक्ष शालिकराम सापकोटाले यस्तो जटिल काम सम्पन्न गर्न बिभिन्न चुनौति र अप्ठ्यारोको सामना गर्नु परेता पनि अहिले सम्मको प्रगति बिबरण र ब्यबस्थापनको मुल्याङ्कनले आफु यो परियोजना भनेकै समयमा सु।सम्पन्न हुनेमा ढुक्क रहेकोले सबै लगानी कर्ताहरुलाइ निर्धक्क भइ लगानि गर्न अभिप्रेरित गर्नुका साथै समाजमा नकारात्मक प्रबृतत्तका ब्यक्तिहरु पनि हुने भएकोले त्यस्ता ब्यक्तिहरुको अफ़वाहमा नपर्न सबैमा अपिल समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *