नेपाली काँग्रेसका उमेदवारहरु गाउँगाउँ, घरघर, मेलापात पुगेर मतदाता भेट्दै मत माग्दै !

प्रदिप पन्त, बागलङ २०७४ मंसिर ४ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेपाली काग्रेसकाले चुनावी अभियान निरन्तरता दिएको छ । नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र न १ का उम्मेदवारहरुले बानपा ३ को काभ्रे,६ वडाको राम्चे,७ को कालीमाटी, तितौरे लगाएका स्थानमा घरदैलो एवं चुनावी अभियान सम्पन्न गरेको छ ।

्घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काले पुर्वाधार निमार्ण,सडक,खानेपानी र आर्थिक समृद्धिको लागि आफनो भुमिका महत्वपुर्ण हुने बताईन् । उनले गाउ,समाज,जिल्ला अनि मात्र मुलुकले काचुली फेर्ने हुदा पहिला टोल देखि नै विकास गर्ने तयारीका साथ आफनो उम्मेदवारीका साथ जुटेको बताईन । यस अगाडि पुरा हुन नसकेका कामलाई सम्पन्न गर्न रुखमा मतदान गरि विजयी गराउन उहाले सबैसग आग्रह गरिन् ।

सोही क्रममा प्रदेश सभा क्षेत्र न १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले काग्रेस भए सम्म कसैले पनि कुनै किसिमको समस्या झेल्नुनपर्ने भएकोले आफुलाई मतदान गरि विजयी गाराउन आग्रह गरेका थिए। समग्र जिल्ला र क्षेत्रको विकासको लागि आफनो उम्मेदावरीका साथ मैदानमा उत्रिएको जित सुनिश्चित भएको समेत उनले बताए ।

घरदैलो एवं कोणसभामा नेपाली काग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार कोपिला बोहोरा, महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, नेविसघंका जिल्ला अध्यक्ष खडक थापा, रविलाल बिक लगाएले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काग्रेसको जितको बलियो आधार बन्दै गएको बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *