Menu

बाम गठबन्धनको सेरावाङमा चुनावी सभा : चुनाव जित्ने बाम उमेदवारलाई मतदान गर्न नेपालीको आग्रह !

सुमन सुनार, बुर्तिवाङ २०७४ मंसिर ४ । संयुक्त बाम गठबन्धनको चुनावी कार्यक्रम आज ढोरपाटन नगरपालिकाको बोबाङ स्थित सेराबाङमा सम्पन्न भएको छ ।

चुनावी अभियान अन्तरगतको सभामा बोल्ने वक्ताहरुले बाम शक्तिले अवको निर्वाचन जित्ने भएकाले मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बामपार्टिका तर्फबाट आएका उमेदवारहरुलाई मतदान गर्न आग्रह गरेकाछन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले, नेपाली जनताको अभिमत बामपार्टीमा ६५ प्रतिशत रहेको भन्दै निर्वाचनमा बामशक्तिको विजयी भइसकेको बताए । ३५ प्रतिशत रहेको काँग्रेसले आफ्नो पोजिसन तयार पारिसकेको भन्दै नेपालीले अव पनि जनता झुक्किएर प्रतिपक्षमा नबस्न आग्रह गरे ।

नेपालीले, जनताको राज्यसक्ता बामपार्टीहरुले निर्माण गर्ने तयारीमा लागिसकेकाले सबै जनताले बामगठबन्धनका उमेदवारहरु प्रतिनिधि सभामा माओवादी केन्द्रका देवेन्द्र पौडेल र प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तिलाई मतदान गरि विजयी बनाउन अनुरोध गरेका थिए ।

नगर प्रमुख नेपालीले जनताले अव स्थानीय तह, प्रदेश तह हुँदै केन्द्रसम्म बामपार्टिको सरकार निर्माणका सवालमा सचेत भइसकेको पनि बताए ।

यस्तै आयोजित चुनावी सभालाई संबोधन गर्दै संयुक्त बामपार्टीका तर्फबाट प्रदेश सभामा साझा उमेदवार टेकबहादुर घर्तीले, जनताको आधारभुत आवश्यकता पहिचान गरि अवको बामपन्थी सरकारले देश विकासको अभियान सञ्चालन गर्ने बताए । बागलुङमात्र नभई देश भर एकतावद्ध भएका बामपार्टी प्रति जनताको आसा, भरोसा र विश्वास बढदै गएकाले यहाँका स्थानीय जनताले समेत अव सरकार सञ्चालन गर्ने बाम पार्टीका उमेदवारलाई मतदान गर्नुपर्ने बताए ।

प्रदेश सभा उमेदवार घर्तिले, देशमा लामो समय काँग्रेसले सत्ता हातमा लिएको तर जनताका आधारभुत आवश्यकताहरु पूरा गर्न नसकेको काँग्रेस अवको प्रतिपक्षमा बस्ने तयारीमा लाग्नु पर्ने भन्दै मतदाताले प्रतिपक्षलाई मतदान गर्न जरुरत नभएको बताए ।

कार्यक्रममा ढोरपाटन नगर उपप्रमुख कर्मती पुन, वडा नं. ७ का वडा अध्यक्ष दीपक थापा, वडा नं. ९ का वडा अध्यक्ष हरीबहादुर घर्ति, माओवादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्याल, नेकपा एमाले जिल्ला कमिटि सदस्य ददीराम शर्मा, राष्ट्रिय जनमोर्चाका समानुपातिक उमेदवार सक्तमान बुढाथोकी पत्रकार उजिर मगर, राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर संयोजक धनबहादुर अदै, एमाले जिल्ला कमिटि सदस्य वीरबहादुर विश्वकर्मा, मामलाल भुसाल रामबहादुर घर्ति लगायतको आतिथ्यता एवं मन्तव्य रहेको थियो ।

वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनारको अध्यक्षता, माओवादी केन्द्रका जिल्ला सल्लाहकार भद्रमणी सुनारको स्वागत मन्तव्य तथा एमालेका जुनविक्रम विकको सञ्चालनमा सभा सम्पन्न भएको थियो । कार्यक्रमका अवसरमा काँग्रेस परित्याग गरि बामपार्टी प्रवेश गरेको र नव प्रवेशीलाई नगर प्रमुख नेपालीले अविर माला लगाएर स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *