विचार मिल्ने सॅग गठबन्धन गर्दा कसैले टाउको दुखाउन पर्दैन : राजमो अध्यक्ष केसी

थम्मन थापा, गल्कोट २०७४ मंसिर ४ । बाम गठबन्धनको चुनावी सभा गल्कोट नगरपालिका १ दुदिलाभाटीमा आज सम्पन्न भएको छ ।

सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उप्रधानमन्त्री चित्र बहादुर केसीले बामगठबन्धनका कारण नेपाली काँग्रेस अत्तालिएको बताउदै विचार मिल्ने सॅग गठबन्धन गर्दा कसैले टाउको दुखाउन नपर्ने बताए । सोहि अवसरमा बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य देबेन्द्र पौडेल सुनिलले समाजवादी प्रणाली, जनमुखी सरकार, सुशासन, न्याय, विकास र समृद्विको लागि बाम एकता भएको भन्दै बाम गठबन्धनलाई मतदान गर्नु पर्ने बताए ।

त्यस्तै बागलुङ क्षेत्र नं २ प्रदेश सभा सदस्य चन्द्र बुढा सागरले बाम गठबन्धन नै जनताका ईच्छा आकांक्षा पुरा गर्ने शक्ति भएकाले जनता प्रति बामगठबन्धन सदैव उत्तरदायी बन्ने बताए ।
सो अवसरमा राष्ट्रिय जनमोर्चाका गलकोट नगर संयोजक टंक केसी, नेकपा एमालेका गलकोट नगर संयोजक डम्मर श्रीस र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले मन्तव्य राखेका थिए ।

चुनावी सभा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नेत्र बुढाथोकीको अध्यक्षता नेकपा एमालेका गलकोट नगर सचिव पदम कार्कीको स्वागत र नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जीवन भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *