Menu

सत्तामा जानकोलागी बाम एकताको रटान, कम्युनिष्टको नेतृत्वमा देशमा समृद्धि असम्भव : नेता पौडेल

घनश्याम गौतम/नारायण रिजाल, गल्कोट २०७४ मंसिर ४ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले विश्वमा कुनै पनि देशमा समृद्धि ल्याउन नसकेको बताउदै कम्युनिष्टको नेतृत्वमा देशमा समृद्धि असम्भव रहेको बताएका छन् ।

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को गल्कोट हटियामा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरुले सत्तामा जानकोलागी बाम एकताको रटान गरेको आरोप लगाए ।

बरिष्ठ नेता पौडेलले, बामपन्थीहरुले अहिलेको लोकतन्त्रलाई सम्मान गर्न नसकेका कारण देश धरासायी बन्न लागेको बताउदै नेपालका बामपन्थीेहरु सत्ता मोहमा फस्न थालेको बताए ।

पुर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले देशको सबै बर्गलाई सम्मान दिने खालको संविधान काँग्रेसको नेतृत्वमामा आएका कारण अवको हरेक कार्यको नेतृत्व काँग्रेसले नै गर्ने जिकिर गर्दै आसन्न निर्वाचनमा देशलाई आर्थिक समृद्धिको बाटोमा लानका लागि सम्पु्र्ण जनतालाई नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने आग्रह समेत गरे ।

पौडेलले अबको समृद्धि र बिकास काँग्रेसको नयाँ नीति अबलम्बन गरेर अगाडि बढने दाबी गर्दै हरेक समुदायको विकासका निम्ती नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको बताए । पौडेलले मुलुकको उन्नती र प्रगतीको लागि लोकतन्त्रप्रति विश्वास राख्न आग्रह गरे ।

पौडेलले आसन्न निर्वाचनमा देशलाई आर्थिक समृद्धिको बाटोमा लानका लागि सम्पु्र्ण जनताले नेपाली काँग्रेसको पक्षमा मतदान गर्ने विश्वास समेत ब्यक्त गरे । । हिजो संबिधान जारी गर्दा हस्ताक्षर गर्ने प्रचण्ड र केपिले आज दुई एक ठाउमा उभिएर दुई तिहाई बहुमत ल्याई संबिधान संशोधन गरि नयाँ संबिधान दिने आवश्वासन बाड्दै हिड्ेको आरोप लगाए र

पौडेलले भने–हामी देशका सबै डाँडा पाखामा समृद्धिको दियो बाल्ने उद्देश्ले लागेका छौ, बामपन्थीहरु अहिले सत्ता मोहमा फसेका छन । कम्युष्टहरुले समस्या निम्त्याउने र समाधान गर्न नसक्ने पार्टी भएका कारण लोकतन्त्रबादीले मात्र समस्या समाधान गर्ने स्पष्ट पारे ।

यस क्षेत्रका काँग्रेसका उम्मेदवार निरज पुन, मञ्जेश बम मल्ल र जित शेरचनलाई भोट माग्दै पौडेलले हरेक समुदायको विकासका निम्ती नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको बताए ।

उनले नेपाली काग्रेसले मात्र बिकास चाहेको भन्दै केपी ओली र प्रचण्डले राष्ट्रबादी कुरा नर्गन आग्रह समेत गरे ।

नेपालका कम्युष्टहरुको एकताले देशनै सकिने सन्त्रास – नेता थापा


नेपालका कम्युनिष्टहरु एकिकृत भएका कारण देशनै सकिने नेपाली काग्रेसका नेता गगन थापाले बताएका छन् । थापाले कम्युनिष्टहरुको एकताले देश दुर्घटनामा पर्ने खतरा बढेको भन्दै लोकतन्त्रको रक्षाका लागी अबको निर्वाचनमा नेपाली काग्रेसले जित्नुको बिकल्प नभएको बताए । नेता थापाले यसअधिको निर्वाचनमा माओबादी केन्द्र नेपालको ठुलो पार्टी भएका बेला माओबादी केन्द्रले टुडिखेलको खुल्ला मंञ्चबाट नेपाली काग्रेस सकियो भन्दै ठुलो अंहकार गरेका कारण माओबादीले आफनो जिम्मेबारी पुरा गर्न नसकेको आरोप लगाए । थापाले यसअगाडि जनतालाई दिएका आस्वासनका आधारमा संबिधान निर्माण गरेर जनताको अगाडि उभिएको दाबी समेत गरे ।

पार्टी प्रवक्ता समेत रहेका थापाले कम्युनिष्टहरु एक हुदै गर्दा जुन देशका नागरिकहरु खुसी भए त्यो देश र उक्त देशको प्रगति समेत सकिएको बताउदै हाम्रा देशका कम्युनिष्टहरु एक भएर देखाउछौ भन्दै गर्दा कहि गर्न नसक्ने भन्दै महेन्द्रको दुष्साहसले ३० बर्ष र प्रचण्डको दुष्साहसले २० बर्ष गएको भन्दै एउटा भएको कम्युनिष्ट पार्टीको अंहकारले अर्को १०, १५ बर्ष खेर जान नदिन आग्रह गरेका थिए । उनले देबेन्द्र पौडेल प्रति ईँगितगर्दै भने पाटी पार्टी चाहर्दै, चौतारा, चौतारा घुम्दै बागलुङ आउने मान्छेले नभएर निरज पुनले सहि प्रतिनिधित्व गर्न सक्ने दावी गरे ।

प्रदेश सभा उमेद्धार मञ्जेश बम मल्लले प्रतिनिधित्व गर्दै गर्दा एक जनाले पनि मैले गलत ब्यक्तिलाई प्रदेशको संसदमा निर्वाचित गराएर पठाएछु भनेर शिर निहुराउन नपर्ने थापाको भनाई थियो । उनले बन्द्ुक बोकेर देश परिवर्तन गर्छु भनेर हिडेका कम्युनिष्ट मध्येका सबैभन्दा जानेका डाक्टर बाबुराम भट्राईले आज काग्रेसको मञ्चमा उभिएर कम्युनिष्टको बाटो गलत भएको भन्दै हिडिरहेको बताए ।

कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उमेद्धार नर बहादुर पुन निरज, निर्वतमान सांसद तथा समानुपाति उमेद्धार ज्ञानकुमारी छन्त्याल, प्रदेश सभा समानुपाति उमेद्धार मणिभद्र कडेल, प्रदेश समा उमेद्धार मञ्जेश बम मल्ल, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा ग लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोण कुबरको अध्यक्षता, निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ को प्रदेश सभा क का संयोजक फम खत्रीको स्वागत मन्तब्य, महाधिबेसन प्रतिनिधि यम श्रीस र मञ्जु शर्मा चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *