गल्कोट हटियामा काँग्रेसको बृहत् आमसभाको तयारी, बरिष्ठ नेता पौडेल, थापा र भण्डारीले सम्बोधन गर्ने

गुमानसिँह भण्डारी, गल्कोट २०७४ मंसिर ४ । आगामि मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरि गल्कोट नगरपालिका वाड नम्बर ३ हटिया बजारमा आयोजना गरिने बृहत् आमसभालाई सम्बोधन गर्न नेपाली काग्रेसका तीन शीर्ष नेता आउने भएपछी अहिले हटिया बजारमा काँग्रेस समर्थकहरुको जमघट बढेको छ । नेपाली काग्रेसका निर्वाचन परिचालन समिति प्रदेश १ का संयोजक फम बहादुर खत्रीले दिएको जानकारी अनुसार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता गगन थापा तथा केन्द्रिय सदस्य गुल्मीका चन्द्र भण्डारी आउने कार्यक्रम छ ।

कार्यक्रम सफल पार्नका लागी नेपाली काग्रेस क्षेत्र नम्बर २ अन्तर्गतका पार्टीका सदस्य बिच कार्यबिभाजन गरिएको छ । कार्यक्रममा राष्ट्रिय कलाकार बसन्त थापा, श्रिकृष्ण बम मल्ल र राधिका हमालको बिशेष साँगितिक प्रस्तुति रहने चुनाव प्रचार प्रसार समितिका संयोजक ढालिन्द्रप्रसाद गौतमले जानकारी दिए ।

कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उमेद्वार नर बहादुर पुन निरज, प्रदेश सभा १ र २ का उमेद्धार मञ्जेश बम मल्ल र जित शेरचनको सहभागीता रहने युवा परिचालन समितिका सदस्य महेन्द्र खड्काले बताए ।

आम सभामा उपस्थित हुनका लागी नेपाली काग्रेसले व्यापक प्रचार प्रसार र पत्रचार गल्कोट नगर संयोजक नारायणध्वज मल्लले बताए । कार्यक्रम गलकोट बहुमुखी क्यापसको प्राङ्गणमा सञ्चालन गरिने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *